साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोटोमा काठमाडौं

Nepal Telecom ad

शङ्काको पखेटामा उडिरहेछन् चराहरू
अनगिन्ती प्वालझैँ देखिने
तैनाथ ताराका आँखाहरू टाँगेर
छपनीजस्तो घोप्टो आकाश
रातभर धर्तीको जासुसी गरिरहेछ
किसिम किसिमका पराई जहाजहरू
समुद्रपारिका चस्मा र मगज ओसारिरहेछन्
जङ्गलले छोपिएको शिवपुरी डाँडो
आँखा चिम्लेको बहाना गर्दै
व्यारेक–बङ्कर मार्फत एसएलआरका प्वालबाट
मानिसका हरेक चाल नियालिरहेछ
चुच्चे फुलचोकी पर्वत
कुनै पार्टीको धूर्त सदस्यझैँ दाउ हेरिरहेछ
चन्द्रागिरीको मुस्लण्ड चुचुरो पनि
दक्षिणतिर चुपचाप बसेको
बनियाँ छिमेकीझैँ सब चाल चियाई रहेछ
पत्तो छैन कुनबेला काठमाण्डूले
मुलुकलाई कुन भीरमा खसाउने हो
तथापि फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरङ्कुश काठमाण्डू !

भीमसेनको पालादेखि धरहरा
आकाश घोचेर दिनभरि घाम खाँदै
रातभरि शीत पिउँदै गुजारा चलाइरहेछ
नाङ्गो शरीरभरि स्वर्ण–भष्म घसेको स्वयम्भू
कहिल्यै नभरिने भिक्षापात्रको दुईचार मुठी शान्तिले
युग–युगदेखि दुनिया पाल्न बाध्य छ
धसिंगरे गँजडी ‘पशुपतिनाथ’लाई
मन्दिरभित्र नाङ्गै थुनेर
पित्तलको साँढे पनि नाङ्गै सेन्ट्री बसेको छ
थोत्रो र भद्दा मुजुरा–घरभित्र
संसदमा स्वाँठहरू नाचगानमा मस्त छन्
कसैलाई पत्तो छैन कुनबेला काठमाण्डूले
मुलुकलाई कसको थाङ्नामा सुताउने हो
तथापि फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरङ्कुश काठमाण्डू !

गाउँबाट सहर पसेका मानिसलाई काठमाण्डू
विशाल बजारमा नाफाखोरको तालिम दिन्छ
पार्टीका काखीबाट छिरेका सुकुलगुण्डालाई
हातमा मुलुकको तालाचाबी दिन्छ सिंहदरबार
सिल्लीहरूलाई विश्वविद्यालयको
दिमाग भुट्ने घाँडो प्रोफेसर बनाउँछ
कानुन मुताबिक डकैती गर्नेहरूलाई
विशिष्ट श्रेणीको आदरपत्र दिन्छ
कतै काम नलागेर
कामाण्डुमा डम्प गरिएका बेकामे विदेशीलाई
घरज्वाइँको माला पहिर्याउँछ चारखाल अड्डा
पत्तो छैन कहिलेदेखि काठमाण्डूले
मुलुकको ह्याकुलाका चोक्टाहरू
कुन तन्दुर वा सेकुवा पसलमा बेच्ने हो
तथापि फोटोमा क्या राम्रो देखिन्छ
बजिया निरङ्कुश काठमाण्डू !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी को हौ ? तिमी के हौ ?

तिमी को हौ ?...

विक्रम सुब्बा
सिंहदर्वार

सिंहदर्वार

विक्रम सुब्बा
दाइजोको कविता

दाइजोको कविता

विक्रम सुब्बा
दुई ठोक्तक

दुई ठोक्तक

विक्रम सुब्बा
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x