साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नमो महान् भारत !

Nepal Telecom ad

को भन्छ सत्य त्यो हैन महान् भारत हैन त्यो
नबुझी बोल्नु नै हुन्न श्रेष्ठ मित्र अवश्य त्यो ।
उदार मनको मित्र भूकम्प मर्म बुझ्दछ
खुर्सानी नुन राखेर घाउमा त्यो निचोर्दछ ।

मौनता उसको शैली पर पीडन मन्त्रझैँ
निःस्वार्थ्भित्रको स्वार्थ प्राणघाती रहस्यझैँ ।
मित्रताको नयाँ व्यख्या गर्न दक्ष नमो महान्
महान् भारत हो साँच्चै छेपारा रङ्ग रूपवान् ।

नाकाबन्दी कतै हुन्न स्वप्नमा पनि हुन्न त्यो
फलफूल दिएकै छ तपस्वी मित्रले अहो !
घरभित्र नमिल्नेले परदोष दिए पनि
महान् भारत पर्खन्छ बोल्ने छैन अझै पनि ।

बुद्धको देश त्यो सत्य असत्य बोल्छ को नर
तपस्वी सन्तको वाणी नमो मित्र धुरन्धर !
को हुन् बुद्ध कहाँ जन्मे नमो पण्डित जान्दछन्
नमो द्रष्टा नमो स्रष्टा विश्व नै मूर्ख ठान्दछन् ।

समृद्धि आयु वा सत्ता शक्ति नित्य रहन्छ रे
दम्भ हुङ्कारको शोभा लघुताभित्र गुम्छ रे ।
महान् भारतले आफ्नै विशिष्ट धर्म राख्दछ
मित्रताका सबै शैली नमो भारत चाख्दछ ।

पाखण्ड चटकी धर्म भन्न मिल्दैन है कतै
ब्रत नेपालले बस्दै अर्चना होस् जताततै ।
महान् भारत हे मित्र नमो आत्मा शिला महान्
मित्र नेपालको घात फैलियोस् विश्व कीर्तिमान् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x