साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लछार्छन् जस्तो छ

Nepal Telecom ad

नसोधौं हो ! हालचालै कस्तो छ
यिनले पनि लछार्छन् जस्तो छ ।

खेतमा सब्जी गोठैमा दूध सढ्छ
एकैदिनमा तीनचोटि भाउ बढ्छ
सामान भन्दा रुपियाँ सस्तो छ
यिनले पनि लछार्छन् जस्तो छ ।

उद्योग धन्दा कारखाना बन्द भो
अर्थतन्त्र टुइँकिने छन्द भो
चढ्ने हैन पाताल पो धस्तो छ
यिनले पनि लछार्छन् जस्तो छ ।

साधारणलाई हाहाकार भा’को छ
चोर–तस्करले घरमै सब पा’को छ
महंगीको सर्पले डस्तो छ
यिनले पनि लछार्छन् जस्तो छ ।

राजधानीमा सिँगौरी खेलिन्छ
मधेसलाई मुग्लान झैं हेरिन्छ
फाँटको आगो खरबारी पस्तो छ
यिनले पनि लछार्छन् जस्तो छ ।
देशको हालत दलदलमा फस्दो छ
यिनले पनि लछार्छन् जस्तो छ ।

२०७२ कात्तिक २८
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x