साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए हरि !

Nepal Telecom ad

ए हरि !
के गरेको यो मरी मरी
न खानाको ठेगाना छ
न दानाको ठेगान छ
न मानाको ठेगान छ
न गानाको ठेगान छ
हरेक दिन कमाउनलाई
भोक भोकै कुद्दैछौ
लाने के हो र यो जिन्दगीले
कसको लागि यसरी जुद्दैछौ
ए हरि !
कमसेकम खाने त गर राम्ररी ।

बिहान मन्त्रीको चाकरीमा
साझ सचिवको चाकरीमा
दिउँसो उङ्दै जागिरीमा
कसको लागि यसरी गर्दैछौ
कम्सेकम हेक्का त राख
तिमी पनि एक दिन मर्दैछौ
ए हरि
के गरेको यस्तो भोक भोकै परी परी ?

कहिले भाइको लागि लड्यौ
कहिले छोराको लागि लड्यौ
कहिले छोरीको लागि लड्यौ
आज एक्लै रोगसँग लड्दैछौ
खै को आयो र साथ दिन
आज एक्लै यसरी सड्दैछौ
ए हरि !
तिमीले कमाएको यही रहेछ जिन्दगी भरी ?

तिमी शक्तिमान हुँदा ससुराली आउँथे
घरका आउँथे परका आउँथे
आज तिमी जाँदा न साला आए
न आफ्नै लालाबाला आए
जो आए ती पनि स्यालका छाला आए
थोत्रा टाला आए
ए हरि
के तिमीले कमाएको यही हो जिन्दगीभरी ?

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x