बद्रीप्रसाद दाहाल ‘भस्मासुर’बिब्ल्याँटोमा सलाम छ !
थुप्रै ब्यानरमा निस्क्यौ, प्लेकाड बोक्नु बोकियो
तातो भाषणले सातो, उडाई खोक्नु खोकियो ।
नारी हिम्सा नहोस् भन्दै, कविता लेख्नु लेखियो
लगत्तै जननी बेच्न, हुल नै देख्नु देखियो ।।१।।
सडकै भासिएला झैं, नारा जुलुसका हुल
धिक्कार छैन आचार, मान्छे ब्वाँसो र जम्बुक ।
जिब्रोमा रामको नाम, व्यवहार हराम छ
बोक्रे छोक्रे सभा गोस्ठी, बिब्ल्याँटोमै सलाम छ ।।२।।
हरियो डलरे घाँस, तान्न भो जान्न हान्न म
मात्रै कमिक देखाई, पराइ अन्न खान्न म ।
मुखमा राम गाए नि ? व्यवहार हराम छ
औपचारिक गोस्ठिमा, जान्न जान्न सलाम छ ।।३।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































