साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोदी बाबा र मधेशी नेता !

Nepal Telecom ad

नाकाबन्दी यस मुलुकमा के गरी हट्न सक्ला ?
आगो बाल्नै सकस छ यहाँ के गरी भात पाक्ला ?
देख्नै सुँघ्नै पनि कठिन भो ग्यास नै पाइँदैन
गाडी गुड्ने पनि त कसरी तेल नै भेटिँदैन ।

काट्दा काट्दा अब त बनमा रूख नै सिद्धिदैछ
शोभा हाम्रो प्रिय मुलुकको रित्तिँदै रित्तिँदैछ
भत्केकै थ्यो मुलुक पहिल्यै क्रूर भुकम्प आई
अर्को पीडा दिन शुरु गर्यो इन्डियाले रमाई ।

भन्दैछन् लौ रगत सकियो देशका अस्पताल
हेर्दाहेर्दै यस मुलुकको बिग्रियो हालचाल
फार्मेसीमा जति पनि थियो ओखती सिद्धियो रे
रोगीलाई त अझ बिचरा बाँच्न गाह्रो भयो रे !

सुत्केरी औ नव शिशु र झन् बृद्ध आमा बुबाको
पापै भो यो स्थिति हृदयले बुझ्छ कल्ले यहाँको ?
सत्ताधारी मनुज नहुँदा इन्डियामा विवेकी
कस्तो पापी कति कुपित हा धूर्त मोदी छिमेकी !

देख्दा मात्रै मनुज महतो, सन्त जस्तै महन्त
भोग्दा कस्तो कति असुविधा दुक्ख दिन्छन् अनन्त !
कालो कालो गजब मुहुडा भद्र जस्तै उपेन्द्र
तोड्ने फोड्ने फगत यिनको काम देखिन्छ छुद्र ।

यी हुन् हाम्रा यस मुलुकका क्रुद्ध नेता मधेशी
बुझ्दैनन् यी हिम शिखरको देशको गाउँबेंसी
भाला रोपी पुलिस जनता देशको शान मारे
मोदी बाबासित मिलिजुली देश आफ्नै बिगारे ।

लमजुङ, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x