साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुर्कट्टाहरूको राज्यमा

Nepal Telecom ad

भेटिन्नन् टाउका बोक्ने नागरिकहरू
र,
भेटिन्न आँखाहरू अनि थलथलाउँदा तिनका मगजहरू !
भेटिन्छन् त केवल
छातीभित्र उम्रिएको ओढाराकार मुर्कट्टे मुख
कहिल्यै नभरिने
अतृप्त मुर्कट्टे पेट ।

मुर्कट्टाहरूको राज्यमा
छिनालिएका छन् टाउकाहरू
गिडिएका छन् गर्धनहरू
अनि
थुनिएका छन् गोटागन्तीमा
कयांैजोर आँखाहरू
अनि कयौं गोटा गर्धनहरू
खिया परेका चिहाने बाकसहरूमा
र केवल
छोडिएका छन् मुर्कट्टे स्वरुपहरू
यत्रतत्र र सर्वत्र ।

दिनहरू बन्द छन् मुर्कट्टे राज्यमा
तर बजारहरू मस्त छन् रातभर
छ्यापछयाप्ती क्षितिजपारीका दोखहरूको
सिक्के उपस्थितिमा ।

आमाको मोलतोलाईको चर्काचर्की
दोखहरूका सिक्के आवाजको सनसनाहटले थिचेपछि
धामीझाँक्री समेतका टाउकाहरू
निमिटयान्न बिलाएका छन् ।

मुर्कट्टे राज्यमा,
के सिक्के तालमा धामीझाँक्री
मुर्कट्टे नाच नाच्न थालेकै हुन् ?
खै ! दोख मन्छाउने मन्त्र कसले फुक्ने ?
लौ न ! कस्तो अत्यासलाग्दो ?

ए ! मुर्कट्टे राज्यका नागरिक हो,
तिम्रा टाउकाहरू थुनिएका चिहाने बाकस खोई ?
तेजिला आँखाहरू र खँदिला मगजहरू खोई ?
के तिम्रा आँखा र मगजहरू बिकेकै हुन् ?
यस्तो त हुनै सक्दैन ।

तिम्रा गर्धनहरूको अभावमा
तिम्रो राज्य मुर्कुट्टे भएको छ
कमजोर भएको छ
हेपिएको छ
तर्सिएको छ
अर्धमुर्छित भएको छ ।

खिया लागका चिहाने बाकसबाट
एकपटक चिहाएर त हेर
तिम्रो मुर्कट्टे राज्यको घिनलाग्दो स्वरुप
यहाँ,
आँखा नभएका अर्ध शरीर
ठेलमठेल गर्छन् एकअर्कामा
कोर्तछन्– चिर्थोछन् आफ्नैलाई
र चिच्याउँछन्
पीडा पोखेर आधारातमा ।

त्यसैले,
खिया लागेको फलामे बाकस तोडेर
निकाल तिम्रा गर्धन बाहिर
अनि
फर्काऊ तिम्रा आँखाहरू
ती खँदिला मगजहरू
ए ! ब्युँत अब मुर्कुटे स्वप्नबाट ।

हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आई अब्जेक्ट !

आई अब्जेक्ट !

सञ्जु बजगाइँ
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x