साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा छिमेकी तोतालाल

Nepal Telecom ad

भद्र मोहनले घर बेची हिंडेपछि
अचेल मेरा छेमिकी तोतालाल प¥याछन्
साह्रै मापाका रहेछन् यिनी त
आएदेखि गर्नुसम्म ग¥याछन्
कहिले कसलाई भट्काउँछन्
कहिले कसलाई भट्काउँछन्
कहिले त हाम्रै आँगन पसी
बन्दुकै पट्काउँछन्
न शान्तिले बस्छन्
न अरुलाई बस्न दिन्छन्
साँझ पर्न पाको छैन
टन्न तीनपाने लिन्छन्
मठ मन्दिर पनि जान्छन्
चन्दन पनि घस्छन्
कहिले नाकाबन्दी भन्दै
अनसन पनि बस्छन्
कहिले बाटो छेक्दै डोरी तान्छन्
कहिले पर्खाल पारिबाटै ढुङ्गा हान्छन्
थाह छैन यिनीले खै के चाहन्छन्
कहिले पानी ट्याङ्करलाई आउन दिँदैनन्
कहिले ग्यासको सिलिन्डर ल्याउन दिँदैनन्
खै कुन जुनीको सराप परेछ गाँठे !
यस्ता छिमेकी प¥या छन्
बाँदरले पनि के गथ्र्याे यति
गर्नुसम्म ग¥या छन् ।

दुई चार दिन आउँदा त
मिठै कुरा बोल्थे
टोलमा सुधार ल्याउनलाई
नयाँ नयाँ बिचार खोल्थे
खै एकाएक के भो यिनलाई
सबको रिशराग पो गर्न थाले
छिमेकीलाई तर्साउँदै मुद्दा समेत हाले
कहिले बाटो बन्द गर्छन्
कहिले टोलै बन्द गर्छन्
कस्तो फसादमा परियो कि
न यिनलाई कतै सार्न सकिन्छ
न आफु यो ठाउँ छाड्न सकिन्छ
भद्र मोहन त
न हामीकहाँ आउँथे
न आफूकहाँ बोलाउँथे
बरु उनै ठिक रहेछन्
तोतालाल त ढेडु नै भएछन्
गर्नुसम्म ग¥या छन्
कुन जुनीको पाप रहेछ गाँठे !
यस्ता छिमेकी प¥या छन् ।

वार्तामा बसौं भन्दा पनि मान्दैनन्
आफूलाई फेरि कम ठुलो ठान्दैनन्
माग के भनी सोध्दा भन्दै भन्दैनन्
सम्झाउन खोज्नेलाई गन्दै गन्दैनन्
खाली दुःखै दिन आका जस्ता
कुरा सुन्दा पनि फुस्केटै भाका जस्ता
कहिले पर्खालमाथि चढेर भाषण ठोक्छन्
कहिल छानामाथि चढेर भाषण ठोक्छन्
भाषण भन्दा पनि, गाली मात्र पोख्छन्
कहिले पल्लोघरेलाई उक्साउँछन्
कहिले तल्नोघरेलाई उक्साउँछन्
नभनेस् भन्दै आफै कुरो फुस्काउँछन्
खै कुन दिनको पाप रहेछ गाँठे !
यस्ता छिमेकी प¥या छन्
दशै भन्नु छैन तिहार भन्नु छैन
खाली अड्चन मात्र गर्या छन् ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x