साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दी डट् कम्

Nepal Telecom ad

इतिहासका पानाहरूबाट
शब्द झिकेर
हामीले भनिरह्यौँ
हामी वीर गोर्खाली
हामी स्वाभिमानी गोर्खाली
हामी नूनको सोझो गर्ने नेपाली
र, हामी चिच्याई रह्यौँ
हामीसँग विश्वकै अग्लो सगरमाथा छ
हामीसँग बुद्ध जन्मेको माटो छ
हामीसँग सयौँ हिमाल छन्
हामीसँग हजारौँ ताल छन् ।
पूर्खाको बखान गर्न र
बतासे भाषण गर्न खप्पिस हामीहरूले
कहिले सोचेनौँ
आत्मनिर्भर हुन
आफ्नै खुट्टामा उभिन ।
लाहुरे बन्न सिपालु हामीहरू
अरब र मलेसियातिर दगुर्न लालायित हामीहरू
बिर्सेर आफ्नै जन्मभूमिको माटो
पराईको आँगनमा पसिना चुहाउन दौडिरहेछौँ
सपना बाँडेर हिँड्ने
फटाहाहरूको पछिपछि हिँडिरहेछौँ
झुठो आश्वासन दिँदै हिँड्ने
मूर्खहरूको लहैलहैमा उफ्रेर
समय बर्बाद पारिरहँदा पत्तै भएन
हामी परजीवी बनिसकेको
हामी पराश्रित भइसकेको
अहो, कस्तो आश्चर्य ?
वीरका सन्तानहरू परजीवी भएको
वीरका सन्तानहरू पानीमरुवा भएको
हरेकपटक ठक्कर खाँदा पनि
चेत आएन हामीमा
घरिघरि हण्डर पाउँदा पनि
घाम लागेन हाम्रो घैंटोमा
उघ्रिएनन हाम्रा आँखाहरू
महासय, नपत्याए हेर्नुस्
नाकाबन्दी डट् कम्
त्यहाँ देखिन्छ
हाम्रो हैसियतको टुँडिखेल
हाम्रो पौरखताको राजमार्ग
हाम्रो पराक्रमको बृत्तचित्र
अनि देखिन्छ
हाम्रो सीमानामा विभिषणहरूको जुलुस
उनीहरूले हामीतर्फ फ्याँकिरहेको
पेट्रोल बम र तेजावका शिशीहरू
उनीहरूले हामीलाई लक्षित गर्दै हानिरहेको गुलेली
उनीहरूले गरेको तोडफोड, आगजनी र तालाबन्दी
यतिबेला मौकाको फाइदा लिँदै छिमेकी
विभिषणहरूलाई दाल–भात ख्वाएर उक्साइरहेछ
हाम्रो चुल्हो बन्द गर्न
हाम्रो गाँस, बास, कपास खोस्न
आज बल्ल हामी भन्न थालेका छौँ
आत्मनिर्भताका कुरा
आत्मरक्षाका कुरा
सायद, हाम्रो आँखा उघ्रियो कि ।

ललितपुर
कार्तिक ३०, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x