साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छलछाम छ हजुरको

कुर्सी तपाईंकै साथ, शक्ति तपाईंकै हात त्यसैको आडमा छोरो हराम छ हजुरको । शक्ति र सत्ताको दुरुपयोग निकै गर्नु भो भ्रष्टाचारीको सूचीमा नाम छ हजुरको ।

Nepal Telecom ad

दिव्य गिरी :

अनुहारमा पीडाको डाम छ हजुरको
सहरमा खुवै बदनाम छ हजुरको ।

पौपैपापको घडा भरिएको छ अतीत
हिजोआज खुवै चारधाम छ हजुरको ।

मीठो बोल्नुहुन्छ बोलीमा विप घोल्नुहुन्छ
भित्रभित्रै भने खुवै छलछाम छ हजुरको ।

बाहिर साधुको भेष, भित्री मन ब्वांसाको
पहेंलो पिताम्बरमा रामनाम छ हजुरको ।

सधैंभरि सबै दिन उस्तै हुँदैन भन्छन्
आजकल ओझेल परेको घाम छ हजुरको ।

घट्छ रक्सीको प्याला तर घट्दैन पीर व्यथा
उदास उदास बितेको हरेक ‘साम’ छ हजुरको ।

उहिले उहिले यस्तो पिउने बानी थिएन
हरेक साँझ देख्छु हातमा ‘जाम’ छ हजुरको ।

नेता, गुन्डा, कालोबजारी, मन्त्री सबै तपाई नै
भन्नुस् त हिजोआज के काम छ हजुरको ।

चुँडिएको चप्पल लगाएर हिँड्थ्यौ गाउँमा
नेता बनेपछि पजेरोमा घुमघाम छ हजुरको ।

कुर्सी तपाईंकै साथ, शक्ति तपाईंकै हात
त्यसैको आडमा छोरो हराम छ हजुरको ।

पैसा कमाएपछि घरकी जेठी बिर्सिनु भो
रखौटी भनूँ कि कान्छीसँग धुमधाम छ हजुरको ।

शक्ति र सत्ताको दुरुपयोग निकै गर्नु भो
भ्रष्टाचारीको सूचीमा नाम छ हजुरको ।

०००
टीकाथली-५, ललितपुर
मधुपर्क-१०४ (२०६४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x