साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन् कर्मयोद्धा पिता

होस् वृन्दावनतुल्य थात नरको सन्तान हुन् पौरखी भोगुन् कर्म गरेर शान्ति सुखले उत्कर्षको जिन्दगी साँच्चै हुन् जननी पिता मनुजका ती नेत्रका लोहिता माता हुन् सुख शान्ति दीप घरकी हुन् कर्मयोद्धा पिता॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

भारी पौरखले सुचारु जसले पार्छन् सदा जीवन
बाँच्ने हुन्छ कला विशेष जसमा सत्कर्मले शोभन
आफ्नो जो कुल धर्म रीत बलले गर्छन् सधैँ सञ्चिता
माता हुन् सुख शान्ति दीप घरकी हुन् कर्मयोद्धा पिता॥१

थाक्दैनन् शुभकार्य गर्न जहिले जो लेक बेसी जहाँ
खट्छन हो दिन रात पौरख गरी खेती र उद्योगमा
जस्ले राख्छ गृहस्थ सुन्दर सफा भर्दै कलाकारिता
माता हुन् सुख शान्ति दीप घरकी हुन् कर्मयोद्धा पिता॥२

के हो उत्तम कार्य के गलत हो भन्दै बुझाई अनि
दिन्छन् ज्ञान स्वयं बनेर गुरु नै फैलाउँदै रोसनी
नौलो पाठ पढाउँछन् दिन दिनै आचारका संहिता
माता हुन् सुख शान्ति दीप घरकी हुन् कर्मयोद्धा पिता॥३

संस्कारी हुनुपर्छ खास घरमा छोरा र छोरी पनि
आफैँ उद्यम गर्न सक्षम सदा उम्दा चनाखो बनी
रम्छन् जो घरमा पिता र जननी हो धाम नै द्वारिका
माता हुन् सुख शान्ति दीप घरकी हुन् कर्मयोद्धा पिता॥४

होस् वृन्दावनतुल्य थात नरको सन्तान हुन् पौरखी
भोगुन् कर्म गरेर शान्ति सुखले उत्कर्षको जिन्दगी
साँच्चै हुन् जननी पिता मनुजका ती नेत्रका लोहिता
माता हुन् सुख शान्ति दीप घरकी हुन् कर्मयोद्धा पिता॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x