प्रेम ओली ढकलपुरेजागिर
पहिले पहिले
जागिर त
हुने खानेले नै खान्थे
त्यसैले उनीहरू
न कसैको जुस खान्थे
नकसैसँग घुस खान्थे
घुस खुवाउनेले पनि डर मान्थे
तर अहिले
जागिर त
हुनखानलाई खान्छन
त्यसैले हिजोआज
दिएनन् भने पनि
मागेर भए पनि
टन्न घुस र जुस तान्छन्
घुस दिन्न भनेपछि
यिनले अनेक तानाबान बान्छन्
बिचरा जनता घुस नदिए कहाँ जान्छन्
यिनले
न अख्तियारको डर मान्छन्
न अदालतको डर मान्छन्
खै कसको भरमा
आफूलाई यती शक्तिबान ठान्छन्
घुस त अचेल यिनले
भोको गोरुले घास खाए झैं खान्छन्
त्यसैले होला जागिरलाई
कतिले त राम्रो ब्यापार नै ठान्छन्
अब त झन
राजनीतिलाई पनि पनि जागिर बनाका छन्
न पत्याए हेर्नुस् न
नेताले पनि कति कमाका छन् ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































