साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन त नारायण

Nepal Telecom ad

कोही संविधान आउन नदिने
कोही पेट्रोल ल्याउन नदिने
कोही स्कुल जान नदिने
कोही पकाएर खान नदिने
हैन हो, नारायण
यो एकाइसौँ शताव्दिमा पनि
यस्ता मान्छे कहाँबाट आका हुन् ?
के जङ्गलमा बचेँ खुचेका पाका हुन्
के कुनै परदेशबाट ल्याका हुन् ?
भन त नारायण
यस्ता मान्छे कहाँबाट आका हुन् ?

कोही संविधानसभा छोडी बाङ्गिने
कोही संविधान बनाई नाङ्गिने
है हो नारायण
यो देशले अझै
एउटा गतिलो नेता नपाउने हो
के तिमी नै फेरि
अर्को अवतार लिई आउने हो ?
कछुवाको आबतारमा आयौ
देश कछुवा गति हिँडिराछ
भेडाको अवतारमा आयौ
नेता भेडो र्झै भिडिराछ
अब गधाको अवतारमा आयौ भने
सबै नेता गधा बन्लान्
यो गाडी नचलेको बेला
कम्सेकम भारी त बोक्लान् ।

हाम्रो त बिजोगै हुन थाल्यो
जनताले भात खान पाको छैन
केटाकेटी स्कुल जान पाको छैन
देश बनाउने ठेकेदार भनेका त
दाम कमाउने ठेकेदार परेछन्
त्यसैले देश बनाउने भन्दा
बिगार्ने धेरै गरेछन्
हैन हो नारायण
जनताले यसरी
कहिलेसम्म दुःख पाउने हो
भन त
के तिमी नै अर्को अवतारमा आउने हो ?

प्रजातन्त्र आएपछि होला भन्यो भएन
लोकतन्त्र आएपछि होला भन्यो भएन
नयाँ संविधान आएपछि होला भन्यो भएन
जनता त हिजो भन्दा आज
झन दलदलमा फँसेका छन्
एउटा पशुपतिनाथको भरोशा थियो
उनी पनि अचेल त
कानमा तेल हाली बसेका छन्
दुई चार जना नेताको आश थियो
तिनले पनि खरानी घसेका छन्
राम लक्ष्मण हुँ भन्ने पनि
बिभीषण भै पसेका छन्
भन त नारायण
के मेरो देशले साँच्चै एउटा राम्रो नेता नपाउने ?
के तिमी नै अब
नयाँ अवतार लिई आउने हो ?

दाङ, हाल : काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x