साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै समस्या ठुलो

Nepal Telecom ad

सिन्काले यदि हातमा अलिकता थोरै ददारे पनि
आफ्नै घाउ ठुलो कहन्छ मनुवा ऐया कि ऐया भनी
अर्काको त शरीर दुख्छ र कहाँ दुख्दैन काटे पनि
आफ्नो पो तन हुन्छ दुख्दछ यसो क्वै हात लाए पनि ।

आफ्नै पीर ठुलो छ पीर अरुको लाग्दैन केही ठुलो
आफ्नै दुस्ख ठुलो मनुष्य जनको आफ्नै समस्या ठुलो
आफ्नो चाहिं त चित्त दुख्छ भुसुनो जत्रो कुराले पनि
अर्काको त हुँदैन चित्त दिल नै के दुख्छ दुख्दैन नि ।

आफूलाइ त भोक लाग्छ दिनको नौ चोटि खाए पनि
अर्काको त हुँदैन पेट कसरी के भोक लागोस् त नि
आफू सुन्दर बन्नु पर्दछ लुगा फेर्दै हजारौं थरी
जाडोले दुनिया जहाँ जतिसुकै काँपी रहून् बेसरी ।

आफ्नै काम ठुलो छ गर्नु पहिले यै काम ऐलै यहीं
अर्काको त हुँदैहुँदैन कहिल्यै क्यै काम बित्दो कहीं
मान्छे जे जति सोच्छ सोच्दछ सदा आफैं र आफ्नै ठुलो
आफ्नै जीवन लाग्छ आखिर सबैलाई ठुलोमा ठुलो

लमजुङ, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x