साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डोकोमा हाली फालिदिन्छु

Nepal Telecom ad

बा के संविधान साँच्चै आको हो ?
संविधान आए त
सब ठिकठाक हुन्छ भन्थे
हामीले झन किन दुःख पाको हो ?
संविधानले त सब दिन्छ भन्थे
यो आएपछि त
झन स्कुल जान पाको छैन
कति दिन भइसक्यो
राम्ररी भात पनि खाको छैन
संविधान भनेको
के बिस्कुट र चिउरा हो ?
के गुइँठा र दाउरा हो ?
हैन बा
यो सब कसले गराको हो ?
के यो काम पनि
संविधान मोराको हो ?
बिरामी भएपछि
अस्पातल जान पाइँदैन रे
जसोतसो गयो भने पनि
त्यहाँ औषधी खान पाइँदैन रे
सरले भनेको त संविधान आएपछि
सबको अधिकार बराबर हुन्छ
सब कामकाज सरासर हुन्छ
तर खै त
कति दिन भो स्कुल जान पाको छैन
कति दिनसम्म दालभात टन्न खाको छैन
धन्न गाँठे
बिरामी चाहिँ भाको छैन
सरले भनेको
राजालाई पनि यिनै पार्टीले फाल्या रे
संविधान ल्याउन यिनैले भोट हाल्या रे
आउँछ आउँछ भनेको संविधान
बल्ल बल्ल आको
है बा
संविधान आएपछि झन किन यस्तो भाको ?
यो संविधान भन्या कस्तो हो बा ?
तेल ल्याउँदा पनि पहाड भइ छेक्छ रे
लामो जुलुस भएर नाका नाका टेक्छ रे
यस्तो लफडा संविधान किन ल्याको बा ?
यस्ता लफडा गर्नेलाई
संविधान बनाउ भनी
किन तिमीले भोट द्याको बा ?
यस्तै दुःख पाइरहने हो भने
म त ठुलो भएपछि
यो संविधानलाई
डोकोमा हाली भिरबाट फालिदिन्छु
नभए पोकोमा हाली आगोमा बालिदिन्छु ।
हजुर बाले भने
हेर नाति
संविधानको पनि दोष होइन
यो मान्छेको पनि दोष होइन
कलियुग लागेपछि यस्तै हुन्छ
मति बिगरिन्छ, बुद्घि बिगरिन्छ
कलियुगमा मान्छेलाई अनेकले छुन्छ ।
अनि त के के हुन्छ, हुन्छ !

दाङ, हाल : काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x