साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो बोइफ्रेन्ड छैन

Nepal Telecom ad

स्कुल पढ्ने साथीको नि छ
कलेज पढ्ने साथीको पनि छ
हेर्दा त
म त्यस्तो नराम्री होइन
तर महादेव भन्नुस् न
मेरो किन बोइफ्रेन्ड छैन ?

पढेकी पनि छु बढेकी पनि छु
बैशको लाली नि चढेकी छु
टिमिक्क परेको टिसर्टसित
चिपिक्क सेल्याक्स ठोकेकै छु
तन्नेरीलाई नजरले हान्दै
प्रेमको भाव नि पोखेकै छु
देख्दा म त्यस्ती नराम्री हुँदै हैन
तर महादेव भन्नुस् न
मेरो किन बोइफ्रेन्ड छैन ?

स्कुल पढ्दा
एउटा सिँगानेले त हेरेकै हो
तर म बोल्न खोज्दा
उसले डरले छेरेकै हो
पछि सुनें
म भन्दा पनि नराम्रीसँग लागेछ
एक दिन मेलाबाट उसैसँग भागेछ
भन्नुस् त महादेव
म त नराम्री हुँदै हैन
तर पनि किन
एउटा नि बोइफ्रेन्ड हुँदै भएन ।

त्यो मोरो घोप्टेले मेरो
मम चाउमिन खाकै हो
त्यो नेप्टे पनि मसँग
फिल्म हेर्न गाकै हो
अर्को झुसे पनि मेरो
दुई चार दिन साथी भाकै हो
पछि त्यो घोप्टेले पनि
कलेजकी अर्की नेप्टीलाई ताकेछ
मेरो फोन पनि उठाउँदैन
शायद उसैसँग लागेछ
भन त भोलेनाथ
यो अन्याय हो कि हैन
यत्रो बर्षसम्म
मेरो एउटा नि बोइफ्रेन्ड छैन ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x