साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्थक्य

Nepal Telecom ad

कालो कोठी वदनतिरको थप्छ शोभा खुलेर
झुक्दै गर्छन् नमन सजिलै धान बाला झुलेर ।
देख्छौं हामी प्रमुदित शशी सूर्यको रश्मि पाए
औंसी हुन्थ्यो हरपल यहाँ पूर्णिमा यो नआए ।।

कालो धब्बा मुखतिर भए पुछ्छ वा धुन्छ मान्छे
आफ्नो चर्चा विचलित नभै ध्यानले सुन्छ मान्छे ।
दोषी आफ्नो नजर तर ऊ दोष देख्दैन आफ्नो
ऐना दोषी ठहरिन गयो दृष्टिमा दोष आफ्नो ।।

साना साना कतिपय कुरा ख्याल गर्दैन मान्छे
मौका गुम्दा चुकचुक गरी सुध्रिने छैन मान्छे ।
साना हुन्छन् रगत जिउमा बाँड्न सक्छन् शिराले
पाए मौका अलिकति हिरा फोर्न सक्छन् किराले ।।

इन्द्रेनीको लचक धनुझैं हुन्छ झर्दैन कैले
त्यस्तै मान्छे विपुल प्रतिभा व्यक्त गर्दैन कैले ।
धर्तीमा छन् अविरल कला, गीत, साहित्य कुञ्ज
नेपाली यो अनुपम धरा कुञ्जको एक पुञ्ज ।।

खोलानाला थकित नभई दूर पुग्छ बगेर
बग्छन् हाम्रा सब हिमनदी नागबेली परेर ।
फुल्छन् धेरै कुसुम तरुमा कोपिला फक्रिएर
यो धर्तीको सकल सुषमा जान्न है सिद्धिएर ।।

भन्छन् आफ्नो गुण बदलिने गर्छ रे साथ गर्दा
ढुङ्गा हुन्नन् तरल जलले छोपिँदा, छाल पर्दा ।
हावा चल्दा सहन नसकी टुट्छ हाँगो कर्याम्म
हाने ढुङ्गा कतिपय सिसा हुन्छ टुक्रा झर्याम्म ।।

फुल्ने गर्छन् कमल जलले छोपिएको हिलोमा
बस्छन् पाहा टरटर गरी भ्यागुता त्यै हिलोमा ।
हेर्छन् सारा कमल सुषमा पर्छ ओझेल पाहा
हुन्छन् बेग्लै गुण र महिमा स्थानले हुन्न थाहा ।।

अल्छी गर्ने असफल भए हुन्छ धेरै निराश
पक्कै हुन्छन् सफल जगमा गर्दछन् जो प्रयास ।
सानो बन्दा पनि त सजिलै जून छर्ने प्रकाश
फक्रे यौटै कुसुम तरुमा छर्छ चोखो सुवास ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x