साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.
हुँदैन रात नढली बिहान हुँदैन
अनि लक्ष्य बिनाको अभियान हुँदैन
हो, सधैं बेकुफ बनेर किन दौडिन्छौ ?
मान्छे नगाडी कतै पनि चिहान हुँदैन ।

२.
भिरमा जाने गाइलाई अँगालेर हुँदैन
पानीमाथि आगो कहिल्यै बालेर हुँदैन
तिमी नगर, बिनासित्ती घमण्ड नगर
कसम फलाम त्यो सुन गालेर हुँदैन ।

३.
हुँदैन थ्यो रामायण सीता र राम नभए
चल्ने थिएन सन्सार जुन र घाम नभए
जतिसुकै राम्रो चरित्र देखावस् न यहाँ
चिनिँदैन उसको ब्यक्तिगत नाम नभए ।

४.
हुँदैन नदी, खोला बिना बगर हुँदैन
भुस र खरानी मिली दिगो घर हुँदैन
हो, तिमी नगर ब्यर्थै भेदभाव नगर
नारी पुरुष सिवाय अर्को थर हुँदैन ।

भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना

जमाना

सुनिता सापकोटा
हिजोभन्दा देश कति फरक

हिजोभन्दा देश कति फरक

सुनिता सापकोटा
बजेट

बजेट

सुनिता सापकोटा
बहुमतको जीत हुँदैन 

बहुमतको जीत हुँदैन 

सुनिता सापकोटा
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x