साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्म नमान

Nepal Telecom ad

चार सय बोरा सडेर गयो चामल राहतको
राज्यले भने बुझेन कठै समस्या आहतको ।
गोदामभित्र मक्किन थाल्यो रे अरू सामान
त्यसलाई पनि जलाए भने अचम्म नमान ।

पालको भित्र बसेका मान्छे मृत्यु नै कुरेर
राहत पनि पठाउने अरे साइत जुरेर ।
जिउनलाई दिइने पैसा मृत्युको काममा
औषधी गरे देहमा चोटै नभाको ठाममा ।

जाडोमा दिने गरम लुगा गर्मीमा आउला
यो जाडोभरि मरेन भने बाँच्नेले पाउला ।
बरै ! कसले पाउला !!
दुखीको उहाँ जीवन के छ मुसो र बिरालो
बिरालो पनि मर्छ कि भन्ने लाग्दछ पिरलो ।

भीआईपी भनी लगानी गर्छन् अरबौं रुपियाँ
गरिबलाई बनाउन थाले भुसुना उपियाँ ।
यै चाल रहे यो देशबाट हुनेछ अवश्य
गरिबी हैन गरिबमुक्ति विकासे रहस्य ।

गरिबलाई मारेर होला देशको विकास
योभन्दा अर्काे देखेन कठै राज्यले निकास ।
हुन्छ गरिबको विनाश
अनि देशको विकास
साथी एउटै निकास !!

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x