साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजिनामा तु. चाहियो

Nepal Telecom ad

कत्रो वर्ष कुरेर
बल्ल बल्ल मन्त्री भएर आइयो
सदस्य सचिवज्यू
सभन्दा पहिला
तपाईकै राजिनामा चाहियो ।

तपाईलाई हटाउँछु भनी
अर्कोसँग पार्टी नै खाइयो
अरु कुरा केही जानिँदैन
सदस्य सचिवज्यू
जसरी हुन्छ यो हप्ताभित्र
तपाईंको राजिनामा चाहियो ।

तपाईंलाई फालेर
त्यो ठाउँमा अर्कोलाई छिटो छिटो हालेर
दुई चार लाख दाम कमाउनु प¥यो
सहयात्री सबैले कमाई सके
आफूले पनि दुईचार करोड समाउनु प¥यो
कि अर्कोले दिन्छु भनेको पचास लाख
तपाईंबाट नै लिनु प¥यो
नत्र सदस्य सचिवज्यू
भोलिसम्म राजिनामा दिनु प¥यो ।

हामी पनि कसैलाई
दुई चार लाख दिएर आको हो
त्यो पनि यो मन्त्रालय त
बल्ल बल्ल पाको हो
मन्त्री भएकै दिन
तपाईंलाई नै टार्गेट बनाई आइयो
सदस्य सचिवज्यू
चाँडो भन्दा चाँडो
तपाईंको राजिनामा चाहियो ।

अघिल्लो सरकारले तपाई
चार वर्षकै नियुक्ति दिए पनि मानिदैन
यो ऐन कानुन भन्ने कुरो
आफूले जानिन पनि जानिदैन
आफूले त नमानेपछि
घोक्रेठ्याक लाउने हो
तपाईंलाई आजै फाले
भोलि नै अर्को मान्छे ल्याउने हो
भन्नुस् सदस्य सचिवज्यू
तपार्इंको राजिनामा कहिलेसम्म आउने हो ?

बढता जोरी खोज्नु भयो भने
मतियार लगाई दिन्छु
मुद्धा हाल्न थाल्नु भयो भने
अख्तियार लगाई दिन्छु
तपाईंलाई चार चार बर्ष कुर्ने कुरै भएन
मपाईलाई त्यत्रो बर्ष मन्त्री पद जुर्ने कुरै भएन
दुई चार दिनलाई भए पनि मन्त्री भइ आइयो
त्यसैले सदस्य सचिवज्यू
तपाईंको राजीनामा तु. चाहियो ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x