चूडामणि रेग्मीअर्को लर्को
१. यसो भयो ! उसो भयो ! भ्रष्टाचार भयो !
भ्रष्टाचार नियन्त्रण भ्रष्टाचारै भयो !
२. मधेसको वादसँगै राष्ट्रवाद जाग्यो !
यता पनि उता पनि भ्रष्टाचार जाग्यो !
३. ओहो ! कति दिन भइसक्यो भूकम्प त छ ! छ !
सँगै सँगै पछि पछि भ्रष्टाचार लाग्यो !
४. यो देशमा यो वर्ष त तिन काल ओहो !
सवै महाकाल पछि भ्रष्टाचार ओहो !
५. भूकम्पको एक काल नाका वन्द अर्को
शीतको झन व्यापी काल ! भ्रष्टाचार छायो !
६. घाम छैन ! जुन छैन ! पानी आगो छैन !
यो होला रे ! तर छ नै भ्रष्टाचार दरो !
७. यो पालि त जौडे आयो ! व्रह्मचारी आयो !
भनेको त बेपिँधको भ्रष्टाचार त्यो पो !
८. अर्को फेरि घोर्ले आयो ! के के न यो आयो !
‘भ्रष्टाचार युग’ थाल्ने हुल लर्को आयो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा
Subscribe
Login
0 Comments
Oldest







































