साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि अरे !

Nepal Telecom ad

कवि हुने नहुने हकदार को
कवि हुँदा नहुँदा पनि यार को ?
कलहका कविता कसरी कथूँ
प्रकृति संस्कृति खोज्न कहाँ पसूँ ? ।।

प्रकृति खोज्न पुगूँ कृति हुन्न खै
विकृतिका कविता पनि छुन्न खै
कवि बनूँ नबनूँ मझधारमा
कति अडूँ नअडूँ कवि प्यारमा ।।

सरस काव्य बने नबने कवि
दिनहुँ व्यस्त अरे रवि झैँ छवि
घन घटा तमको चिरफारमा
विकृत प्राकृत काव्य सुधारमा ।।

दिनहुँ व्यस्त कतै कविता रची
विकृति संस्कृतिका बिचमा पसी
न त कतै हकदार बने कवि
अनि भनूँ कसरी रवि झैँ छवि ।।

हुन त ती पनि हुन् रवि झैँ कवि
अधिक काव्यसुधा रसका छवि
महक स्वाद कुनै फल पुष्प झैँ
दिनहुँ मान नमान विलुप्त झैँ ।।

कथित नाम अनाम नसोच्दछु
कलमको गति मान नरोक्दछु
हृदयभित्र पसे नपसे पनि
निरत चिन्तनकै छु महाधनी ।।

कति दिऊँ प्रति ताम्र सुपत्रको
रकम मान विना अलपत्र भो
न कविता न त ताम्र सुपत्र नै
कलम मात्र सधैँ घरभित्र नै ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x