बद्रीप्रसाद दाहाल ‘भस्मासुर’वार्ता ! वार्ता !! वार्ता !!!
सधैं वार्तै वार्ता, मिलन कहिले हुन्छ भनिद्यौ
सबै कर्तै कर्ता, ‘करण’ कुन बन्ने त गुनिद्यौ ।
कठै बार्तै वार्ता, मुलुक किन वार्तामय भयो ?
हरे ! वार्ता भन्दै, तनभर सबै रौ फुलिसक्यो ।।१।।
‘तदर्थे’ छन् जम्मै, दल–बल र सर्कार बिचरा
सधैं भोग्नै पर्ने, दुख असुबिधै भद्र–जनता ।
कठै ! वार्ता भन्दै, नटखट चल्यो, धेर समय
जुँगा दारी पाके, अनुज सुत वा नातितक त ।।२।।
सधैं लुट्ने फुट्ने, पद र पगरीमा टुटिदिने
सबै स्वार्थै मिल्दा, त्वरित गतिमा नै जुटिदिने ।
विचारै मारेका, मलिन मतिका पश्चगतिले
गरी वार्ता टुङ्गो, मुलुक अब उठ्ला प्रगतिले ? ।।३।।
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest








































