साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर त हाम्रो बुद्घि !

Nepal Telecom ad

हामीले खुरुखुरु पढौं
सधैं अगाडि बढ्यौ
नेता बिचरा पढाई छोडि छोडि
कहिले ढुङ्गा हान्नेमा व्यस्त भए
कहिले टायर तान्नेमा मस्त भए
कहिले आन्दोलनमा हिंडे
कहिले सरकारसँग भिडे
आज देशको ढुकुटी सकेर
दुई चार पैसो कमाए त के भो
ठेकेदारी दिदा होस् कि
चन्दन ब्यापारीसँग लिँदा होस्
दुई चार करोड समाए त भो
हेर त हाम्रो बुद्धि !
कस्तो उल्टो उल्टो नजर हेरिएछ
हाम्रो भन्दा त नेताज्यूको बुद्धि फेरिएछ ।

हामीले समयमै विवाह गरिम
उनीहरू जेलतिर गए
हामीले समयमै सन्तान उत्पादन
उनीहरू ढिलो बाआमा भए
आज कसैले श्रीमतीलाई समेत
सभासद बनाका छन्
लिने दिनेमा त
बोको भन्दा धेरै गहनाका छन्
हुँदाहुँदा कसैले
छोरा छोरीलाई समेत
राम्रो पद थमाकाछन
नाता बाद कृपा गरे त के भो
हेर त हाम्रो सुद्धि !
कस्तो उल्टो उल्टो नजरले हेरिएछ
हाम्रो भन्दा त राम्रो सोच
बरु नेताज्यूको पो फेरिएछ ।

हामीले दुखले दुइचार पैसो कमायौ
उनिहरूले सजिलै करोडौ कमाए
हामीले कसैलाई बाडेनौ
उनीहरूले टिकटको लागि
पार्टिलाई पनि थमाए
आटिला र गाठिलाहरू प्रतक्ष लडे
छेरुवा र हरूवहरू समानुपातिकमा परे
जे गरे तीनले राम्रै गरे
हेर त हाम्रो अक्कल
कसैलाई तसकरी भनेका छौ
कसैले घुसखोरी भनेका छौं
कस्तो उल्टो नजर हेरिएछ
हाम्रो भन्दा त राम्रो बिचार
नेताहरूमा पो फेरिएछ ।

टिकट पाउन करोडौँ चडाए
चुनाव जित्न खसीबोका लडाए
जितेपछि झन् महँगो जुलुस घन्काए
दुई वर्षको संविधान सभालाई
छ छ बर्ष तन्काए
अलकति भए पनि तलब भत्ता दन्काए
एक वर्षमा दिन्छु भनेको संविधान
विदेश लगेर थन्काए
टनकपुर बेचे पनि, कालापानी बेचे पनि
धोबीखोला बचाए टुकुचा बचाए
हुँदा हुँदा भुकम्प पीडितको नामको
जस्ता पाता पनि खाएर पचाए
देशै बेची खाए पनि के भो त
हेर त हाम्रो खोपडी
कसैलाई जनताघाती भनेका छौँ
कसैलाई राष्ट्रघाती भनेका छौँ
त्यत्रो खर्च गरेर
लगानी उठाउनै पर्यो
अर्को चुनाव आउँदै छ
खर्चपानी जुटाउनै पर्यो
हेर त हाम्रो बुद्धि
कस्तो कस्तो उल्टो नजरले हेरिएछ
हाम्रो भन्दा त तगडा बिचार
नेताज्यूमा पो फेरिएछ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x