साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहस्य

Nepal Telecom ad

कलेजबाट घरतिर जान लाग्दा कलेजका शिक्षक रोहिणी सरले आफ्नै कक्षाकी छात्रा निर्मलालाई मोटरसाइकलमा बसेको कुनै अपरिचित केटाका साथ कुरा गरेको देखे । अनि उनले अनायासै सोधे– “निर्मला उनी को हुन् ?”

निर्मलाले उनलाई अलिक अन्ठसन्ठ उत्तर दिई । सायद उनलाई नसोध्ने कुरा सोधिएछ भन्ने लाग्दै मात्र थियो यसै बेला निर्मलाको साथीले रोहिणी सरलाई अलिकति कडो बोलीमा भन्यो– “तपाइँ को ? तपाइँलाई केको चासो पर्यो ? आफ्नो काम गर्नुहोस् बाटो तताउनुहोस् ।”

रोहिणी सरलाई कस्तो कस्तो लाग्यो । निर्मला पनि “भैगो सर” भन्दै उसको मोटर साइकलमा पछि बसी अनि ती हुरुरु अघि बढे ।

आजका केटाकेटीसँग बेकारको हो यस्ता कुरा गर्नु भन्ने सोच्दै उनी अघि बढे । त्यो बेला बेकारमा मैले सोधेछु भन्ने लाग्यो रोहिणी सरलाई ।

भोलिपल्ट उनी कलेजमा आउँदा आउँदै गर्दा बाटामा उही केटा निर्मलालाई मोटरसाइकलमा कलेजमा पुर्याएर फर्कन लागेको रहेछ । उनी ता पैदल आइरहेका थिए । उसले पैदल आइरहेका रोहिणी सरलाई परैबाट देख्यो र नजिकै आउना साथ रोहिणी सरलाई धक्का दिएर अघि बढ्यो । रोहिणी सर पक्का जमिनमा घुप्लुक्क लडे । घुँडा ताछियो । अरु धेरै ठुलो घाउ ता लागेन । विद्यार्थीहरू झुरुम्म भए । निर्मला ता त्यहीँ थिई । साथैमा रहेकी निर्मलाले सरलाई उभ्याउन र प्राथमिक उपचारको लागि सहयोग गर्न पनि खोजी तर उनले निर्मलाको सहयोग लिनु भन्दा खुट्टा भाँचिएको जाति भनेर इन्कार गरे । उपस्थित विद्यार्थीहरूको भीडले भने सरको कुरा बुझेनन् । सायद निर्मलाले बुझी होला र अलिक पछि हटी । कुराको रहस्य कसैले पनि बुझेन ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x