सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार खित्का

Nepal Telecom ad

१. सीता कसकी जोई !

प्रश्न : ‘नेताजी, के पढ्दै हुनुहुन्छ ?’
जवाफ : ‘पाठ पढ्दैछु ।’

हाम्रा नेताहरू जहिल्यै पढिरहन्छन् तर किताब होइन । किताब पढ्न फुर्सद पनि हुनुर्पयो ! पाठ पढ्दै फुर्सद छैन । चुनाव सकिएपछि हार्ने पार्टीका नेताहरू ‘पाठ पढियो, यसबाट शिक्षा लिनुपर्छ’ भन्छन् । भूकम्प गयो, त्यसपछि भनियो ‘भूकम्पले पाठ पढाएर गएको छ ।’ हुन पनि, भूकम्पले स्वादसँग पाठ पढायो । तर, उनीहरू नयाँ पाठ पढ्दा पुरानो बिर्सन्छन् । नयाँ पाठ पढ्ने अनि पुरानो बिर्सने पढाइलाई ‘नेता पाठ’ पनि भन्न सकिन्छ । करिब पाँच महिना हामी सबैले पढ्यौँ, नाकाबन्दीको पाठ ।

नाकाबन्दी त खुल्यो तर उनीहरूले पढेको पाठको हालखबर के छ कुन्नि ? सायद, उनीहरूले त्यसलाई बिर्सिसके र नयाँ पाठको खोजीमा छन् । १२ वर्ष रामायण पढ्यो सीता कसकी जोई !

२. झन् नयाँ शक्ति

नयाँ शक्ति रे ? कुन नयाँ शक्ति ? बाबुराम भट्टराईको ? त्यो ‘पुरानो शक्ति’ भइसक्यो । अब ‘झन् नयाँ शक्ति’का अगाडि ‘नयाँ शक्ति’ पुरानो हुँदैन त ? संकटमा देशको सेवा गरेका होनहारहरूले ‘झन् नयाँ शक्ति’ बनाउँदैछन् । यसको नेतृत्व तस्करहरूले गर्दैछन् । नाकाबन्दीमा आपूर्ति सहज बनाएर यिनले देशको ठूलो सेवा गरेका थिए । पेट्रोलियम भरियाहरूले रातको निद्रा त्यागेर देशभक्ति देखाएका थिए । ओहो ! कालाबजारियाहरूको योगदान अरूको भन्दा कम छ र ?

यिनीहरू सबै समानुपातिक रूपमा कार्यसमितिमा बस्दैछन् । नयाँ शक्तिलाई झैँ ‘झन् नयाँ शक्ति’लाई पनि कार्यकर्ता अभाव हुने ठानेको भए तपाईं गलत हुनुहुन्छ । किनभने, पेट्रोलका रित्ता ग्यालेन र ग्यासका सिलिन्डर कार्यकर्ता बन्दैछन् । कठै ! पेट्रोलका ग्यालेन ! यिनको गुण बिर्सन कसरी मिल्छ ? ग्यासका सिलिन्डरहरू जोखिम मोलेर लुक्दै लुक्दै दुनियाँका भान्सामा पुगेका थिए । यिनको साहसको अवमूल्यन कसरी गर्न मिल्छ ? तर, नाकाबन्दी सकिएपछि अपमान भो, योगदानको अवमूल्यन भो । त्यसैले यिनले आ–आफ्नो पहिचान स्थापित गर्न झन् ‘झन् नयाँ शक्ति’ ल्याउने भए ।

‘झन् नयाँ शक्तिको चुनाव चिह्न के राखिएला ? अनुमान गर्नूस् त ! हो, सही अनुमान गर्नुभो । पेट्रोलियम ओसार्ने साइकलको सम्मानमा नयाँ शक्तिको चुनाव चिह्न साइकल नै हुनेछ । विगतमा पेट्रोलियम ओसारेका बसका छत पार्टी कार्यालय हुनेछन् । ‘झन् नयाँ शक्ति’ वैचारिक रूपमा पनि अद्भुत हुनेछ । सिद्धान्त, माग र नारा एउटै हुनेछ र त्यो पनि सिर्फ एक लाइनको । र, त्यो एक लाइन पनि पढिहाल्नूस्, ‘फेरि नाकाबन्दी लगाइदेऊ, देशको सेवा गर्ने मौका देऊ !’

३. खुल्नु र नखुल्नु उस्तै

तपाईंको गाउँठाउँमा चर्काे हावा चल्न थालेको छ ? छ भने होसियार बन्नूस्, हावा रिसाएको छ । रिसको झोँकमा हानीबिगार गर्न सक्छ । नाकाबन्दी खुल्यो, अब आफूलाई उपयोग गरेर बिजुली निकाल्दैनन् भनेर रिसाएको रे !

– खुलेर आपतै भो । संघसंस्थाका कार्यक्रममा मन्त्रीहरू अतिथि बन्न मान्दैनन् रे ! किनभने, भाषणका लागि रसिलो मसला छैन रे ! नाकाबन्दी सकिएपछि भाषणको विषय अभाव भएकाले नयाँ विषय खोज्न प्रधानमन्त्रीले तत्काल कदम चाल्नुपर्ने माग मन्त्रीहरूले गर्ने रे !

– जनताले गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेख्ने सुनौलो मौका चुकाएका छन् । विश्वमा सबैभन्दा धेरै समय लाइन बस्ने जनता भनेर नेपाली जनतालाई कीर्तिमानी उपाधि दिन लाग्दा नाकाबन्दी खुल्नाले त्यो मौका गुम्यो । कठै, हाम्रो भाग्य !

– भन्थे, नाकाबन्दी खुलेपछि ऋण तिरौँला । कोही भन्थे, नाकाबन्दी खुलेपछि काम गरौँला, अहिले चाहिँ सुतेर बसौँ । विद्यार्थी भन्थे, नाकाबन्दी खुलेपछि पढौँला । मन्त्रीजी भन्थे, नाकाबन्दी खुलेपछि विकास नै विकास हुन्छ ।

प्रधानमन्त्रीजी भन्थे, नाकाबन्दीका कारण सोचे अनुसार काम गर्न पाइनँ । धत्, नाकाबन्दी खुल्नाले ठाडै समस्या भो, अब नयाँ बहाना खोज्नुपर्ने भो !

४.बिर्सने कार्यक्रम

टाउकोमा ठूलो चोट लागेपछि पुराना सबै कुरा बिर्सिन्छ । यसलाई चिकित्सा विज्ञानले पनि पुष्टि गरेको छ । तर, ठूलो चोटमा मल्हमपट्टी गरेपछि पनि पुराना सबै बिर्सिएको घटना थाहा छ ? यो नौलो घटनाका पात्र बन्न लाग्दैछन् हाम्रा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरू । नाकाबन्दीको चोटमा मल्हम लागेपछि यिनले अब बिर्सने कार्यक्रम यस्ता छन् :

– आत्मनिर्भर बनाउने, आयात घटाएर निर्यात बढाउने
– हटाउने, विद्युतीय मोटर चलाउने ।
– र सौर्य ऊर्जाबाट बिजुली निकाल्ने, देश झिलिमिली बनाउने
– घरघरमा खाना पकाउने ग्यास पुर्याउने ।

नेपाल, फाल्गुन ८, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad