साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईंले काँगियो किन्दा मैले सोधेको थिएँ ?

उनले तरल पदार्थ जुस वा सूपमात्र लिने गर्थे । नक्कली दाँत हालेका रहेछन् । एक दिन बङ्गारा सहितका दाँत सफा गरेको देखेँ ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

म प्राय टोपी लगाउँछु । उमेर छँदै कपालका रौँ सबै झरे । चोटपटकको पनि डर हुने । मयलपोस लगाउँदा त अनिवार्य नै भयो ।

वि. स. २०६० तिरको कुरो हो । सरकारी कामको सिलसिलामा ब्याङ्कक्(Bangkok) जानु पर्ने भयो। विदेश जाँदा के टोपी लगाउने भन्ठानेर मैले एउटा ह्याट(Hat) लगेको थिएँ । विश्व स्वास्थ्य सङ्गठनको(W.H.O.)को कार्यक्रम भएकोले अन्य एशियाली देशका सहभागीहरू पनि थिए । होटलको रुममेटमा एकजना बंगाली परेछन्।

रमाइला थिए साथी । आपसमा कहिले हिन्दी कहिले अङ्ग्रेजीमा कुरा हुन्थ्यो । बिहानको खाजा सँगसँगै खाने हो । उनले तरल पदार्थ जुस वा सूपमात्र लिने गर्थे । नक्कली दाँत हालेका रहेछन् । एक दिन बङ्गारा सहितका दाँत सफा गरेको देखेँ ।

शुक्रबार कार्यक्रम छिट्टै सकियो । हिँडेरै होटलतिर आउँदै गर्दा बाटोमा साथीले एउटा ठूलो अम्बा किने । मलाई भने खुल्दुली लाग्यो । किन किनेका होलान् यत्रो अम्बा ! मलाई दिए त कपाकप खाइदिन्थेँ । यिनले चपाउन सक्ने होइनन् ।

कोठामा पुगे पछि त खप्नै सकिन , सोधी हालेँ ।

सर, आपने अमरुद क्योँ खरिदा ? (Why did you buy guava sir ?)

साथीले छिट्टै जवाफ फर्काए ‘Did I ask you when you bought a hairbrush?” तपाईंले काँगियो किन्दा मैले सोधेको थिएँ ?

०००

पोखरा-१०, हाल संयुक्त राज्य अमेरिका।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x