साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा परदेशी

लाग्दो होला भोक तिर्खा माया हामी सबको सम्झना नि आउदो होला खेली खाको देशको फर्की आऊ क्यारी भनूँ नतिरेर ऋण ऋण तिरेर घर हाल्ने के सोच्दैछन् होला ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

मेरा प्यारा पर्देशमा क्यारी बस्छन् होला
मानो मुठी कमाउदै भर्छन् आफ्नो झोला
नभनेर दिनरात खियाएर नङ्ग्रा
साँझ पख मेरा प्यारा के गर्दैछन् होला ?

छैन आफ्नु चिनजान को होला र साथी
यतै रह्यो घरखेत बास आफ्नो थाती
दुखजिलो गर्दै उनले कमाउने कति
सम्झलान् कि मेरा प्यारा के गर्दैछन् होला ?

तातो चिसो जुटाएर कस्ले खान देला
के भयो र भनी सोध्ने कोही छैन होला
दुई गाँस ज्यादा भा नि थपि खान दिने
हिजो थाके आज काममा क्यारी जान्छन् होला ?

लाग्दो होला भोक तिर्खा माया हामी सबको
सम्झना नि आउँदो होला खेली खाको देशको
फर्की आऊ क्यारी भनूँ नतिरेर ऋण
ऋण तिरेर घर हाल्ने के सोच्दैछन् होला ?

चुरा डोरी टीका पोते किनी ल्याउँछु भन्थे
चप्पल र मजेत्राको रङ्ग साईज सोध्थे
बावु नानी इष्ट मित्र सबलाई सम्झनु छ
झोला भरि लिई प्यारा कहिले आउछन् होला ?

०००

बैजनाथ -१, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x