साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शैतान यो सिंगान- नाक हैरान

नाकको सोत्तर उप्काउँदै, कोट्याउदै जसले जति जोर लाउँदा पनि नाकको आसनमा निर्धक्कले विराजमान अजातशत्रु- बेइमान यो सिंगान बिचरो नाक- हैरान।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

जाडोमा घटना घट्यो शर्मनाक।
नाकको नै कट्ने भयो नाक।
रक्ताम्य भै घाइते भएको देखेर
लेख्नै पर्यो नाकको व्यथा दर्दनाक।

जीउभरी नाकको डाँडोको
आफ्नै थियो धाक।
तर अचेल आँखाको भर्‍याङमुनि
नाकका अँध्यारा दुवै गुफामा
नकच्चरो सिंगानको
चलिरहेको छ मौजमस्ती बेबाक।

जीउले चाहन्छ बाहिर पठाउन सिंगान
मनले तानेर घाँटीमा बसाइदिन्छ ससम्मान,
बाहिर नाकको चिसोसँग घमासान,
भित्र न्यानोमा आनन्द मनाउँछ
एक नम्बरको शैतान यो सिंगान।

साहु महाजन तानेर मस्त,
गरीब फाल्दै अस्तव्यस्त।
नाकको सोत्तर उप्काउँदै, कोट्याउदै
जसले जति जोर लाउँदा पनि
नाकको आसनमा निर्धक्कले विराजमान
अजातशत्रु- बेइमान यो सिंगान
बिचरो नाक- हैरान।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x