सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिजुली

कन्स्टेवल लाइसेन्स डेक्समा सरासर गएर रातकाे बिजुलीकाे बिल पल्टाएर लाइसेन्समा स्टिकर टाँस्दै भन्याे । -"बिजुली त आँखै तिरिमिरी हुनेरैछ ।"

Nepal Telecom ad

डा. विदुर चालिसे :

-“हैरानीकाे पराकाष्ठा !”
गुप्तबहादुर सरासर ट्राफिक प्रमुखकाे काेठामा पुग्याे । उसले हात हल्लाउँदै भन्याे ।

-“सर, आज चार दिन भयाे । कार्यालयमा धाएकाे कहिले सिष्टम छैन भन्छन्, कहिले सिष्टमले देखाएन भन्छन्, कहिले एकछिन भन्छन्, खास गर्न खाेजकाे के हाे ?”

गुप्तबहादुरकाे कुरा सुनेकाे नसुन्यै गरेर प्रमुखले आङ तन्काए । एकछिनपछि पुलुक्क गुप्तबहादुरकाे अनुहारतिर हेरेर भने ।
-“तपाईं पल्लाे काेठामा गएर भन्नुस् ।”
-“हैन सर ! म पल्लाे काेठाबाट नै यता आएकाे ।”

प्रमुख घाेसे मुण्टाे लगाएर माेवाइलमा निकै झुण्डिरहे । उनकाे रवाफी स्वर थियाे । कुरा बुझिदैंन थियाे । पाल्सी कुरा नि गर्थे । गुप्तबहादुरलाई निकै झाेक चल्याे । मुर्मुरिंदै उनले फेरि भने ।
-“सर ! म लाइसेन्स लिन आएकाे चार दिन भयाे । के नमिलेर लाइसेन्स नदिएकाे हाे, मेराे ?”

प्रमुखकाे कार्यकक्षमा भीड लाग्दै थियाे । मुखैभरि जवाफ दिंदै प्रमुख उफ्रिए ।
-“ट्राफिक नियम मिच्नजस्ताे सजिलाे हुँदैन नि यहाँ !”

गुप्तबहादुर राताे पिराे भयाे । गलत कार्यकाे सजाय लाइसेन्स समातेर मात्रै भएन । ट्रयाफिक नियमकाे भित्तामा लेखिएकाे एक एक अक्षर घाेक्न थाले । गुप्तबहादुरलाई हतार र हैरानीले चिटचिट पसिना आयाे । तालुदेखि पैतालासम्म पसिनाले लफ्रक्क भए । मनमा तनाव र टेन्सनकाे मानस उतारचढावले खुट्टा लुगलुग काम्न थाल्याे । यत्तिकैमा पल्लाे काेठाबाट कन्स्टेवल चिच्याउँदै आए ।

-“सर विजुली आयाे !”
प्रमुखले भीडकाे हल्ला खल्लाकाे बीच आफ्नाे पकेटबाट एक कागजकाे चिर्कटाे दिएर भने ।
-“याे हिजाे रातीकाे विजुलीकाे बिल !”

कन्स्टेवल लाइसेन्स डेक्समा सरासर गएर रातकाे बिजुलीकाे बिल पल्टाएर लाइसेन्समा स्टिकर टाँस्दै भन्याे ।
-“बिजुली त आँखै तिरिमिरी हुनेरैछ ।”

गुप्तबहादुर मनमनै गनगनाउन थाल्याे ।
-“यहाँ पनि नियम नै छैन र छ !”

०००
काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाती

छाती

डा. विदुर चालिसे
भूमिगत

भूमिगत

डा. विदुर चालिसे
थाप्लो

थाप्लो

डा. विदुर चालिसे
त्याग शून्य

त्याग शून्य

डा. विदुर चालिसे
अप्रथा

अप्रथा

डा. विदुर चालिसे
थुक दिवस

थुक दिवस

डा. विदुर चालिसे
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे