साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरल यात्रामा प्रा.डा. खतिवडा

Nepal Telecom ad

काठमाडौं, फागुन १४ । नियमित जनसाहित्य यात्राको २३ औँ शृङ्खलामा प्रा.डा. भीम खतिवडाका दर्जन कविता प्रस्तुत गर्दै सम्पन्न भएको छ । वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् राजनीतिज्ञ प्रदीप नेपाल प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि खतिवडालाई सम्मानपत्र र पुष्पमाला अर्पण गरिएको थियो ।

समारोहका भीम खतिवडाको व्यक्तित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेलले मूलतः कवि त्यसपछि समालोचक र निबन्धकार खतिवडाको व्यक्तित्वलाई तिन भागमा बाँड्न सकिन्छ भन्नु भयो । ‘हाल पिण्डेश्वर क्याम्पस धरानमा प्राचार्यका रूपमा सेवारत रहनु भएका खतिवडाका संस्कृत र नेपाली भाषामा कविता, काव्य, समालोचना र गजल गरी पौने एक दर्जन कृति प्रकाशित भएका छन् भने करिब आधा दर्जन महाकाव्य, हाइकु, समालोचना, गजल र बाल कविताका सङ्ग्रह’ प्रकाशोन्मुख अवस्थामा रहेका पोखरेलले बताउनु भयो ।

कार्यक्रममा खतिवडाले ‘देशको माया’ ‘बाल गजल’, ‘झुम्राको पुतली’, ‘विषतन्त्र’, ‘गजल’, ‘सर्पगीत’ र ‘आस्थाको गीत’ शीर्षकका ७ ओटा कविता वाचन गर्नु भयो । सहयोगी कविहरू डा.सुधन पौडेलले ‘सहिदप्रति’, सुदेश सत्यालले ‘नेपालको गौरव’, रत्नावली शर्माले ‘अग्निचर्चा’, प्राज्ञ खेम नेपालीले ‘उज्यालाको खोजी’ र ज्ञानु विद्रोहीले ‘आमा–गजल’ कविता वाचन गर्दै वाचनमा सहयोग पुर्याएका थिए । समालोचक डा.रामप्रसाद ज्ञवालीले खतिवडाका कवितामा सुन्दर ढङ्गले असन्तुष्टि, आक्रोश र व्यङ्ग्य अभिव्यक्त भएको चर्चा गर्नु भयो ।

प्रमुख अतिथि प्रदीप नेपालले समारोहमा हामी सर्जकले सिर्जना गर्दा प्रयुक्त विम्बलाई स्थापित गर्न सक्नु पर्छ र साहित्यका विविध विधामा कलम चलाएर सामाजिक रूपान्तरणको अभियानलार्य तीव्र पार्नु पर्छ भन्नु भयो । सभाध्यक्ष राम विनयले चैत्र महिनाको कार्यक्रममा मोरङकी स्रष्टा मिश्र बैजयन्तीलाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।
–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x