साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विपत्तिको बेलामा पनि

Nepal Telecom ad

निधनको बेला गुरुप्रसादले दुई तले घरको माथिल्लो तलाको फ्याटमा दिवाकर दाजुको परिवार र तल्लो भुइँ तलामा मनोहर अर्थात् भाइ चाहिंको परिवारले मिलेर बस्नु भनेकोले केही वर्षसम्म सँगै मिलेर बसे । तर भाइ चाहिं अलिक क्षुद्र मतिको भएकोले यसै विषयलाई लिएर अदालतमा मुद्दा हाल्यो, तलमाथि बरोबरी गरेर बस्नु पर्ने वा कुनै एकले घर निखन्नु पर्ने कुरा झिकेर मुद्दामा जिरह ग¥यो । आफूले नसके पनि दाजुले घर निखनेर आफूलाई बिदा देओस् भन्ने उसको सोच थियो । तर दाजुसँग कहाँ हुनु पैसा । यसैले दुबैले घर निखन्न आँट गरेनन् । यस विषयमा निकै लामो बहस पछि अदालतले आलोपालो गरी तल र माथि दुबै मिलेर बस्नु भन्ने आदेश सुनाएकाले त्यसै गरेर बसेका थिए । यही आधारमा दाजुको परिवार माथिबाट तल र भाइको परिवार तलबाट माथि सरेर बस्यो ।

बल्ल माथिको तलाको आरामी फर्माउन पाइयो भनेर भाइको परिवार मख्ख थियो । तलको चिसो छिँडीमा बस्ता बस्ता उसको परिवार चिसो भइसकेको ठान्थ्यो । दाजुचाहिं अलिक इमानदार र माया स्नेह भएको हुनाले भाइलाई अप्ठेरो नपारी सरक्कै तल भंैतलामा स¥यो माथिबाट ।

आज २०७२ साल बैशाख १२ गते भाइको परिवारमा निकै रमाइलोको बेला थियो । उसको विवाहको वर्षगाँठ भएकोले सानो पार्टी राखेको थियो । दाजुको परिवार भने घरको माथि चढ्ने ओर्लने समस्याबाट मुक्त भएको अनुभव गरिरहेको थियो । झगडिया नै भएपछि उति बोलाचाली थिएन ।

भाइको फ्ल्याटमा पार्टीका लागि बडो भव्य रुपमा तयारी भइरहेको थियो । केही पाहुनाहरु आउन पनि थालेका थिए । केही पकाइतुल्याइमा लागेका थिए । तीब्र स्वरमा अंग्रेजी संगीत बजिरहेको थियो । केटाकेटीहरू नाचगान र गफगाफमा मस्त थिए ।

सायद दिउँसोको बार बजिसकेको थियो होला त्यसै बेला अचानक भूकम्प आयो पृथ्वी नै कमाउने गरी । सारा धर्ती नै काम्यो । कता कसको के भयो कसैले केही बुझ्न पाएन । को कता गयो, म¥यो बाँच्यो केही थाहा भएन । यही विपत्तिले दिवाकरको घरमा नजिकैको अर्काे घर ढलेर आयो अनि माथिल्लो तलालाई किचिक्क पा¥यो । कसो कसो गरी मनोहर बाँचेर भाग्न सफल भयो तर आगन्तुकका साथ उसको परिवार अचार भयो ।

तलको उसको दाजुको परिवारलाई भने घर पुरै नकिचिएकोले केही भएन । विपत्तिको बेलामा पनि क्षुद्र भनेको क्षुद्र नै हुँदो रहेछ किनभने कसै गरी भूकम्पबाट जोगिएको भाइचाहिं त्यो बेलामा पनि दाजुतिर हेरेर सरापिरहेको थियो ‘यही असतीले ता हो नि ! घर निखनिदिएको भए अहिले हामी सबै बाँच्ने थियौं ।’

उता उसको दाजु भने आतुरताका साथ माथिल्लो तलामा किचिएकाहरूमध्ये जीवित रुपमा कसैलाई झिक्न सकिन्छ कि भनेर हार गुहार गरिरहेको थियो ।
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x