साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजित अनुरोध र बिन्ती

Nepal Telecom ad

आँखा भएकाले
नहेरूँ भन्दा पनि
हेर्न र देख्न वाध्य भइरहेको छु
चारैतिर
वरिपरि
भनौं दशै दिशा
यिनै आँखा बिझाउने दृश्यहरू
मैले थाहै नपाइकन
कसैले फुटाइदिए पनि त हुन्थ्यो
यी मेरा दुवै आँखाहरू ।

कान भएकाले
नसुनूँ भन्दा पनि
सुन्न वाध्य भइरहेको छु
प्रत्येक दिन
अनेक थरीका
कानै दुखाउने कुराहरू
यस्तो लाग्छ–
नदुखाइकन कसैले
श्रवणशून्य बनाइदिए पनि त हुन्थ्यो
मेरा यी दुवै कानहरू ।

चेतना भएकाले
ठीक बेठिक
राम्रो नराम्रो
धेरै कुराहरू छुट्याउन सक्छु
धेरै कुराहरू बुझन सक्छु
कुनै हालतमा सक्दिनँ
चेतनालाई चेतनाविहीन बनाउन
किनभने यो
फूलको थुँगामा थुँगै भएर टाँसिएको छ
नछुट्टिने गरी मैसँग गाँसिएको छ
चेतनै रन्थन्याउने
असङ्ख्य कुराहरूले चेतनालाई तताइरहँदा
यस्तो लाग्छ–
थाहै नपाइकन कसैले
मेरो चेतनालाई निष्क्रिय बनाइदिए पनि त हुन्थ्यो !

हेर्दा हेर्दा
सुन्दा सुन्दा
बुझ्दा बुझ्दा
म आजित भैसकेको छु
त्यसैले म
विनम्र अनुरोध र यो बिन्ती गर्दै छु–
कि त मेरा आँखा कान र चेतना बिगारियोस्
कि त उनीहरूका आँखा, कान र चेतना सपारियोस् ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x