सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आजित अनुरोध र बिन्ती

Nepal Telecom ad

आँखा भएकाले
नहेरूँ भन्दा पनि
हेर्न र देख्न वाध्य भइरहेको छु
चारैतिर
वरिपरि
भनौं दशै दिशा
यिनै आँखा बिझाउने दृश्यहरू
मैले थाहै नपाइकन
कसैले फुटाइदिए पनि त हुन्थ्यो
यी मेरा दुवै आँखाहरू ।

कान भएकाले
नसुनूँ भन्दा पनि
सुन्न वाध्य भइरहेको छु
प्रत्येक दिन
अनेक थरीका
कानै दुखाउने कुराहरू
यस्तो लाग्छ–
नदुखाइकन कसैले
श्रवणशून्य बनाइदिए पनि त हुन्थ्यो
मेरा यी दुवै कानहरू ।

चेतना भएकाले
ठीक बेठिक
राम्रो नराम्रो
धेरै कुराहरू छुट्याउन सक्छु
धेरै कुराहरू बुझन सक्छु
कुनै हालतमा सक्दिनँ
चेतनालाई चेतनाविहीन बनाउन
किनभने यो
फूलको थुँगामा थुँगै भएर टाँसिएको छ
नछुट्टिने गरी मैसँग गाँसिएको छ
चेतनै रन्थन्याउने
असङ्ख्य कुराहरूले चेतनालाई तताइरहँदा
यस्तो लाग्छ–
थाहै नपाइकन कसैले
मेरो चेतनालाई निष्क्रिय बनाइदिए पनि त हुन्थ्यो !

हेर्दा हेर्दा
सुन्दा सुन्दा
बुझ्दा बुझ्दा
म आजित भैसकेको छु
त्यसैले म
विनम्र अनुरोध र यो बिन्ती गर्दै छु–
कि त मेरा आँखा कान र चेतना बिगारियोस्
कि त उनीहरूका आँखा, कान र चेतना सपारियोस् ।

ओखलढुङ्गा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली