साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जागिर

Nepal Telecom ad

पहिले पहिले
जागिर त
हुने खानेले नै खान्थे
त्यसैले उनीहरू
न कसैको जुस खान्थे
न कसैसँग घुस खान्थे
घुस खाने खुवाउनेले पनि डर मान्थे
तर अहिले जागिर त
हुनखानलाई खान्छन
त्यसैले हिजोआज
दिएनन् भने पनि
मागेर भए पनि तान्छन्
घुस दिन्न भनेपछि
अनेक तानाबान बान्छन्
बिचरा जनता
घुस नदिए कहाँ पो जान्छन्
यिनले
न अख्तियारको डर मान्छन्
न अदालतको डर मान्छन्
खै कसको भरमा
आफूलाई यति शक्तिवान ठान्छन्
घुस त
भोको गोरुले घास खाए झै खान्छन्
त्यसैले होला जागिरलाई
कतिले त राम्रो ब्यापार नै ठान्छन्
हुँदा हुँदा अब त
राजनीतिलाई पनि पनि जागिर बनाका छन्
नपत्याए हेर्नुस् न
हरेक पार्टीका नेताले कति कमाका छन् ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x