साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हत्तेरी, ओर्लनुपर्ने चाबेलमा– पुगेछु गौशाला

Nepal Telecom ad

प्रायजसो म हिंडेरै अफिस आउजाऊ गर्थेँ । कारण तीनवटा थिए । पहिलो कारण, घर र अफिसको दूरी त्यत्ति टाढा थिएन । दोस्रो, जोगिएको भाडाले बच्चाको टिफिन पुग्थ्यो । तेस्रो अफिस टाइममा माइक्रोमा सिट पाउनु भनेको चिठ्ठा परेजत्तिकै हुन्थ्यो । तर त्यस दिनको कुरा बेग्लै थियो । अफिस हिंड्नै लागेको बेला उहाँले तीनजना साथी लिएर आउनु भएछ । तिनलाई चिया बनाएर दिएर हिंड्दा बीस मिनेट ढिलो भैसकेको थियो । पहिले पहिलेको जस्तो हाजिर कापीमा हाजिर जनाउन पाउने भए म माइक्रो बस चढ्ने नै थिइनँ । कुरा थियो ल्याप्चेको । ढाँट्न, छल्न नमिल्ने । निहुरिएरै भए नि जान्छु भन्ने मनसायले बस कुरेँ । संजोगबस दुई खाली सिट भएको माइक्रो आयो । म सिटमा बस्न नभ्याउँदै एउटा अफिस ड्रेस लगाएको अधबैँसे पुरुष चटारिँदै बस चढ्यो । सायद ऊ पनि मजस्तै हतारमा थियो होला । ड्राइभरले एक्सिलेरेटर बढाउँदा हुत्तिएर झन्डै लडेन ।
‘एस्क्युज मी !’ उसको इसारा मेरो सारीको फैलिएको आँचलतर्फ थियो । मैले आँचल समेटेर काखमा राखेँ । भलादमी रहेछ । मलाई छोइएलाझैँ गरी सम्हालिएर बस्यो । तर उसले हालेको अत्तरको बास्ना भने उसले सम्हाल्न सकेन । जसरी रविले पनि सम्हाल्न सकेको थिएन । बसको बायाँतर्फको झ्यालबाट छिरेको हावासँगै मिसिएर मलाई मुग्ध बनाउने त्यो सुगन्ध चिरपरिचित थियो । सम्झनामा झट्ट पुरानो दिन आयो । जुन दिन अलि सङ्कोच मान्दै मैले रविसँग उसले लगाउने अत्तरको नाम सोधेकी थिएँ । अफिस र कोठासम्म एउटै हुँदा पनि हामीबीच आवश्यक्ताभन्दा बढी बोलचाल थिएन । तर उसले लगाउने गरेको त्यो अत्तरको बासनाले भने बेडरुमसम्म पनि पिछा छोड्दैन थियो ।
त्यसको पनि कारण थियो । मलाई रक्सीको गन्ध मन नपर्ने, उहाँलाई भने नपिई नहुने । भरखर भरखर विवाह भएकोले केही भन्न पनि उचित नठानेर मैले त्यो अत्तर किनेर उहाँलाई उपहार दिन चाहेकी थिएँ । बजारमा खोज्दाखोज्दा हैरान भएपछि रविले नै किनेर ल्याइदिएको थियो । मैले अत्तर लगेर दिएपछि खै के सोच्नुभयो उहाँले त्यसपछि बिस्तारै पिउन छोड्नुभएको थियो । साँच्चै अचेल रवि कहाँ होला ? मेरो घरपायक सरुवा भएदेखि उसलाई भेटेकोसम्म छैन । दस वर्ष भैसकेछ । वर्ष जोड्दै थिएँ, खलासीले गौशाला गौशाला भनेको आवाजले खङ्ग्रङ्गै भएँ । मसँगैको सिटमा हेरेँ, त्यो अत्तरवाला गइसकेको रहेछ । हत्तेरी, ओर्लनुपर्ने थियो चाबेलमा । पुगेछु गौशाला ।

काठमाडौँ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x