साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेडाको धाक लगाउँदै

Nepal Telecom ad

उकुस मुकुस भएर
शहर बसेको बेला
दुइचार दिन भए पनि
घुम्न गाउँ गइयो
शहरमा आलु खाए पनि
गाउँमा पेडाको धाक लाउँदै
हिरो भइयो ।

धुलो धुँवाले
शहरमा निस्सासिएको बेला
दुई चार दिन भए पनि
शुद्ध हावापानी खाइयो
देखावटी शहरको माया भन्दा
गाउँमा पवित्र माया पाइयो ।

शहरका परीहरू
दिनमा जून जस्ता
रातमा सितारा जस्ता
बिहान मुहार धुँदा
कोतर्ने दारा जस्ता
गाउँका कान्छीहरू
बिहानमा झर्ना जस्ता
दिनमा फूल जस्ता
रातमा तारा जस्ता ।

शहरमा गर्ने काम छैन
काम भए पनि दाम छैन
दाम भए पनि नाम छैन
तर गाउँमा जाँगर हुनेलाई
काम छ दाम छ
दाम हुनेलाई ठूलै नाम छ
त्यसैले शहरमा
भ्यागुतो झै थुप्रिनु भन्दा
उफ्रिँदै गाउँ जाऊँ
धरहरा झैं कुप्रिनु भन्दा
केही गरौं आफ्नै ठाउँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x