साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैं–सधैं मेरो सपनामा

Nepal Telecom ad

सधैं–सधैं मेरो सपनामा

असङ्ख्य युवती आमाहरू
मेरो अगाडि आउँछने
र बहुलाई झैं
‘अब मेरो दूधको कुनै मूल्य छैन
अब मेरो मातृत्वको कुनै अर्थ छैन–’
भन्ने गीत गाउँछन्
र मलाई देखाई–देखाईकन
सँुगुरका भद्दा गन्दा बच्चहरूलाई झैँ
आफ्नो अतिशय दूधले गानिएको
स्तन चुसाएँछन्
अनि एक्कासि
छाति पिट्दै
कपाल लुछ्दै मसँग आफ्ना हराएका छोराहरू माग्न थाल्छन्
सधैं–सधैं मेरो सपनामा
असङ्ख्य जीवनद्वारा लत्याइएका
र मृत्युद्वारा नपत्याइएका
जीर्ण तन वृद्धहरू
र विदीर्ण मन वृद्धाहरू
मेरो अगाडि आएर लम्पसार पर्छन्
र मसँग
आफ्नो अथाह भविष्यको सूत्र माग्छन्
आफ्नो हराएको एक पुत्र माग्छन्
सधैं–सधैं मेरो सपनामा
असङ्ख्य युवती विधवाहरू मेरो अगाडि आएर
आफूलाई सम्पूर्ण रुपमा नङ्ग्याउँछन्
र आफ्नो हिउँजस्तो कोमल तनमा
दुनियाँको कामुक आँखाले पोलेको
काला–काला डामहरू देखाउँछन्
र मसँग आफ्नो जीवनको सहारा माग्छन्
मसँग आफ्नो यात्राको किनारा माग्छन्
सधैँ–सधैँ मेरो सपनामा
क्षयका कीटाणु बोकेका
असङ्ख्य टुहरा केटा–केटीहरू
मेरो अगाडि आउँछन्
र मसँग स्कुलको फीस
पुस्तक किन्ने पैसा
क्रिकेटको बैट
र पिताको चुम्बन माग्छन्
र माग्छन् सुरक्षा
र मिठो निद्राले भरिएको रात
यसरी नै सधैँ–सधैँ मेरो सपनामा
मलायाका असङ्ख्या–असङ्ग्य मानिसहरूको
आँसुको एक ठूलो सागर बन्छ
जसको प्रत्येक लहरमा
एक लाशमाथि उठ्छ
एक लाश तल डुब्छ
तर डुब्नुभन्दा अगाडि मलाई
प्रत्येक लाशले घृणाले हेर्छ
आह, मेरो सपनामा मलाई
मेरो विपनाको इतिहासले घृणा गर्छं ।
(‘शारदा’ २०१६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x