रमेश खकुरेलमर्का पर्यो यो बिहेको साइतैमा
बोलाउन त बोलाउनु भो यो बिहेको साइतैमा
मलाई भने मर्का पर्यो यो बिहेको साइतैमा ।
यता पनि आफ्नै मान्छे उता पनि आफ्नै मान्छे
कता जानु कता छोड्नु यो बिहेको साइतैमा ।
सबै मान्छे ठाँट्टिएका दुल्हा दुल्है जस्ता लाग्छन्
जन्ती दुल्हा नछुट्टिने यो बिहेको साइतैमा ।
पोका पोका निम्ता आए कहाँ मात्रै बाँड्न जानु
हिंड्दा हिंड्दै जुत्ता फाटे यो बिहेको साइतैमा ।
भोजैपिच्छे नयाँ सारी फेरी फेरी जानु पर्ने
खल्ती निकै हलुको भो यो बिहेको साइतैमा ।
श्रीमान् कोट स्वेटरमा श्रीमतीको हाफ ब्लाउज
नाभिदर्शन सारी लाउँछन् यो बिहेको साइतैमा ।
कमलपोखरी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































