साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम राख्ने धुन

Nepal Telecom ad

एउटा मूर्खको एउटा छोरा जन्म्यो,
छोरो लगत्तै छोरीको पनि जन्मोदय भो ।
नाम के राख्ने भनि खोज्न थाल्यो, सुत्केरी स्टेसनमा,
बाहिर खुसीले खुब हाँस्यो, भित्र टेन्सनमा ।

जब न्वारनको दिन आयो,
उसले ज्योषिबाट दुई नाम पायो ।
नाम पाएको खुसीमा बाल्यो जोरबत्ती,
छोराको नाम श्रीमान राख्यो छोरीको श्रीमती ।

छोरो बढ्दै गयो छोरी बढ्दै गई,
बाबु खुसी भयो, आमा दिक्क भई ।
संसारमा लाखौ नाम छन् किन बिग्रयो मति ?
छोरा छोरीलाई के बोलाउनु ? भनि, श्रीमान, श्रीमती ।

छोराले पढेन ऊ हलि भयो,
तै पनि वकिल झै सबको श्रीमान भयो ।
छोरी बढी, फूल फक्रियो तर झरेन,
श्रीमती भन्छन् सबैल,े बिहेचाहिँ कसैले गरेन ।

बाउ भौतारियो दायाँबायाँ छोरी दिनलाई,
आमा हिँडी छोराको केटी हेर्नलाई ।
नाम राख्ने धुनले पार्यो दुगति,
घरमै बसे दाजु बहिनी श्रीमान् श्रीमती ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x