सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई स्रष्टा सम्मानित

Nepal Telecom ad

मोरङ, २०७३ बैशाख २५ । डाक्टर नरेन्द्र चापागाई स्मृति प्रतिष्ठान विराटनगरले एक भव्य र सभ्य साहित्यिक कार्यक्रमका बिच प्रा.डा. टंकप्रसाद न्यौपाने र युवा प्रतिभा कवि मञ्जुश्री गिरीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

जिल्ला विकास समिति मोरङको सभाकक्षमा भएको कार्यक्रममा छिमेकी जिल्लाहरू झापा र सुनसरीका कवि तथा साहित्यकारहरूको सघन उपस्थिति रहेको सम्मान समारोहको प्रमुख अतिथ्य भाषाविद् प्रा.बालकृष्ण पोखरेलको रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोख्रेल, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाई, कृष्ण भूषण बल स्मृति प्रतिष्ठानकी संरक्षक शोभा लामा, प्राज्ञहरू दधिराज सुबेदी, विवश पोखरेल र खेम नेपाली, प्रतिष्ठानका निवर्तमान अध्यक्ष कविराज न्यौपाने, बलराम पोखरेल, अनिल पौडेल, राजेन्द्र गुरागाई लगायतले सम्मानित तथा पुरस्कृत ब्यक्तित्वहरूलाई अवीर, टीका, फू लमाला, दोसल्ला र नगद राशी सहित सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष प्रा.डा.बद्रीविशाल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्व मञ्जुश्री गिरी र प्रा.डा.टंक प्रसाद न्यौपाने, प्रा.डा. भीम खतिवडा, प्राज्ञ खेम नेपाली, लेखनाथ पुस्तकालय,चन्द्रगढीका सभापति नवराज घिमिरे र प्रतिष्ठानका संरक्षक सरला चापागाईले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यसअघि सम्मानित व्यक्तित्व टंकप्रसाद न्यौपानेको परिचय प्राज्ञ दधिराज सुबेदी र मञ्जुश्री गिरीको परिचय गायत्री चापागाईले गराएका थिए । प्रतिष्ठानका उपाध्यक्ष प्राज्ञ विवस पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन दिङ्गलाली कान्छोले गरेका थिए ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad