साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोलौँ संगठन, बनौँ बुद्धिजीवी

Nepal Telecom ad

उहिले कक्षामा पढ्दा नेपाली व्याकरण पढाउने गुरुले भन्नुहुन्थ्यो– “विद्वान् शब्दको ‘न’ मा खुट्टा काटिन्छ । खुट्टा काटिनुको अर्थ अद्र्ध आधा भन्ने हो । विद्वान्हरू कहिल्यै पूर्ण नहुने भएकाले नै विद्वान् शब्दको अन्त्यमा खुट्टा काटिएको हो । अर्थात् विद्वान् भनेका अद्र्धबुद्धि भएका हुन्छन् ।” गुरुले भनेपछि नपत्याउने कुरै भएन, आखिर हामी नेपाली न प¥यौँ, गुरुले गधालाई गाई भनेर चिनाए पनि हो नै भन्ने । तर आजको नयाँ नेपालका नवविद्वान् हेर्दा मलाई गुरुको त्यो भनाइ सोह्रै आना गलत रहेछ भन्ने लागेको छ । आजकलका विद्वान्हरू त आफैँमा पूर्ण छन् । पूर्ण भएकाले अब यी विद्वान्हरूलाई “बुद्धिजीवी” भन्नु ठीक होला । किनभने गुरुले भने झैँ विद्वान्मा खुट्टा काटिन्छ र अद्र्ध भन्ने अर्थ लाग्छ भने “बुद्धिजीवी”मा त खुट्टा काटिन्न नि । त्यसैले आजकलका पूर्ण विद्वान्लाई बुद्धिजीवी भनिनु पर्दछ ।

त्यसो त विद्वान् र बुद्धिजीवी उस्तै उस्तै हुन् जे भने पनि भैहाल्छ नि भन्ने तपाईँलाई भ्रम पर्ला । तर त्यस्तो भ्रममा हुनुहुन्छ भने मुक्त हुनुहोस् । किन कि विद्वान् शब्दले ज्यादै शिक्षित, पण्डित, शास्त्रीय धर्म बुझेको, तत्वज्ञ, खुब पढेको व्यक्ति वा भारी पण्डित भन्ने अर्थ दिन्छ भने बुद्धिजीवी भन्ने शब्दले बुद्धि खियाएर जीविका आर्जन गर्ने व्यक्ति भन्ने अर्थ लाग्दछ । आजकलका विद्वान्हरूमध्ये सक्नेले आफ्नो विद्वतालाई व्यापार र कमाइ धमाइमा लगाएका छन् नसके पनि पेट पाल्नका लागि त आफ्नो बुद्धि प्रयोग गरेका छन् छन् । यसले गर्दा पनि अबका विद्वान् बुद्धिजीवी बनेका छन् भन्ने कुरालाई दरो मत मिल्दछ । बरु तपाईँ चाहिँ कतै अहिलेसम्म विद्वान् नै त हुनुहुन्न ? अहिलेसम्म विद्वान् नै बनेर बसिरहनुभएको छ भने छिटो भन्दा छिटो बुद्धिजीवी बनिहाल्नुस् नत्र पछि पछुताउनुपर्ला ।

त्यसो त आजकल नेपालको बजारमा धेरै प्रकारका जीवीहरू पाइन्छन् । जस्तो कि कलमजीवी, श्रमजीवी, बुद्धिजीवी, मनजीवी, तनजीवी, परजीवी । यस्ता धेरै जीवीहरू भए पनि बजारमा यतिबेला बुद्धिजीवीहरूको अलि बढी नै चर्चा हुन्छ । कलमजीवी जाबो कलम बेचेर खाने, श्रमजीवी त झन् विचरा श्रम वेचेर खाने, मनजीवी मन बेचेर खाने, तनजीवी त शरीरै बेचेर खाने, परजीवी अर्काको भरमा बाँच्ने तर बुद्धिजीवी त बजारमा आफ्नो बुद्धिको नै व्यापार गर्न सक्ने भएकाले बुद्धिजीवीहरूको बजार तात्नु स्वाभाविक पनि मान्नुपर्दछ । अझ राजनीतिक मौसम तातेपछि नेपालका बुद्धिजीवीहरूको बजार झनै तात्ने गरेको छ । नतातोस् पनि कसरी यो देश नै बुद्धिजीवीहरूको काँधमा अडेको छ । त्यसैले यस्ता देशलाई काँधमा अड्याउने बुद्धिजीवीहरूको चर्चा परिचर्चा हुनु हरेक कोणबाट उपयुक्त नभनी सुखै छैन ।

आजको नेपाल नयाँ नेपाल । नयाँ नेपालमा नवबुद्धिजीवीहरूको धेरै समूह र उपसमूह छ । हाम्रा नवबुद्धिजीवीहरू विभिन्न गुट उपगुटमा विभक्त छन् । जुन अत्यन्तै राम्रो कुरा हो भन्ने कुरामा हामीले अर्को मत राख्नुपर्ने अवस्था छैन । नयाँ नेपालमा बुद्धिजीवीको गुट, फुट र टुट अत्यन्तै सान्दर्भिक र प्रसंशनीय छ । आजको चलायमान विचारको दुनियाँमा एउटै ठाउँमा र एउटै एजेण्डमा अल्मलिएर बेकारमा किन समय खेर फाल्नु ? त्यसमाथि देशमा यावत समस्याहरू रहेका छन् । यति धेरै समस्याहरू भएको देशमा बुद्धिजीवीहरूको एउटा मात्र समूहले त केही गर्ने सक्तैन । त्यसैले पनि जताततै बुद्धिजीवी समूह देखिएकोमा हामीले गर्व गर्नु पर्दछ । घर, टोल, गल्ली जताततै संगठन खुल्नु अत्यन्तै राम्रो कुरा हो । तर यस्ता संगठन र समूह त्यत्तिकै स्थापना गरिनु चाहिँ हुन्न, उद्देश्य सहित स्थापना हुनुपर्दछ । बुद्धिजीवीहरूको त झन् संगठनको उद्देश्य हुनै पर्दछ । विशेषण नै बुद्धिजीवी ।

भर्खरै नयाँ खुलेको एउटा बुद्धिजीवी समूहको स्थापनाको बारेमा एकजना नवबुद्धजीवीसँग कुरा गरेको थिएँ । त्यसको स्थापनाका पछाडिको कारण निकै हट रहेछ । आफू संलग्न पूरानो गुटमा केही बुद्धिजीवीले आफूले चाहेजस्तो पद पाएनछन् । अनि पद नपाउने जतिले अर्को गुट खोलेछन् । ठीकै त हो संगठन बनाउनेहरूले कि त सबै बुद्धिजीवीहरूलाई पद पुग्ने गरी संगठन संरचना बनाउन सक्नुप¥यो होइन भने पद नपाउनेले अर्को समूह बनाउने कुरा स्वाभाविक हो । यस्तो धेरै पद र संगठन बनाउने कुरामा आमनेपालीको समर्थन छ भन्ने कुरा पनि म बुद्धिजीवीहरूलाई विश्वस्त तुल्याउन चाहन्छु ।
यस्ता नवबुद्धिजीवी समूहको स्थापनाको मुख्य उद्देश्य आपूmलाई मन परेको कुनै न कुनै दललाई समर्थन गर्ने, दलभित्र विभाजित गुट छ भने अझ त्यसभित्रको पनि कुनै गुटलाई समर्थन गर्न पनि पछि नपर्ने भन्ने उद्देश्य राखेको पाइन्छ । बुद्धिजीवीले साम, दाम, दण्ड, भेदको नीतिमा पनि पारंगत बन्नुपर्दछ । साम, दाम, दण्ड, भेदमा पारंगत भएपछि संगठन खोल्न उसको न्यूनतम योग्यता पुग्दछ । परीक्षाका लागि न्यूनतम योग्यता पुगेकाले लोकसेवामा परीक्षा दिन पाए जस्तै बुद्धिजीवी संगठन खोल्न न्यूनतम योग्यता पुगेका बुद्धिजीवीहरू सबैले बुद्धिजीवी संगठन खोल्दै कुनै न कुनै पार्टीको भातृ संगठनमा दर्ता गराइहाल्नु पर्दछ, हाम्रो नयाँ नेपालमा ।

बुद्धिजीवी संगठनको लक्ष्य जसरी भए पनि आफूले समर्थन गरेको पार्टीलाई सरकारमा पु¥याउन ज्यान छोडेर लाग्ने हुनुपर्दछ । आपूmले समर्थन गरेको पार्टीभन्दा इतरको नेताको सत्तोसराप गर्ने र आफ्नो पार्टी र गुटको नेताको गुणगान गाउने र त्यो गरेर पद हत्याउने लक्ष्य राखिनुपर्दछ । आफ्नो पार्टीको समर्थक भन्दा कुनै अर्को व्यक्तिले कतै कुनै पदमा नियुक्ति पाइहालेछ भने ढुंगामुढा र तालाबन्दी गर्ने अनि आफूले पाउने पदमा बार्गेनिङ सुरु गर्ने यसको रणनीतिक लक्ष्य बनाउनुपर्दछ । आफ्नो पार्टी सरकारमा गए तालि बजाउने र अर्काको पार्टी सरकारमा गए गालि बर्साउने यसको मुख्य ध्येय निर्धारित हुनुपर्दछ ।

यस्ता बुद्धिजीवकी गुटहरूको प्रगतिको पनि मूल्यांकन गर्नुपर्दछ । नेपालमा लक्ष्य अनुसारको प्रगति कतै पनि भएको पाइँदैन । तर अपवाद बुद्धिजीवीहरूको हकमा यो कुरा लागू हुँदैन । लक्ष्य अनुसार प्रगति गर्न प्रायः सबै बुद्धिजीवी सफल नै भएको पाइएको छ । बुद्धिजीवीको लक्ष्य पद हो । आफ्नो पार्टीको सरकार बनेको बेला कतै न कतै पद हत्याउन हरेक बुद्धिजीवी सफल भएका छन् । कसैले कथंकदाचित् पद हत्याउन नसके पनि तुरुन्तै अर्को गुट जन्माउने वा अर्को गुटमा प्रवेश गरेर भए पनि आफ्नो लक्ष्यअनुसारको प्रगति हासिल गरेकै छन् । जे होस् अरुले नसके पनि हाम्रा बुद्धिजीवीहरूले नयाँ नेपालमा प्रसंसनीय कार्य गरेका छन् ।

आजकल चोक, गल्ली, चियापसल, कार्यालय जताततै बुद्धिजीवीहरू र तिनका संगठनहरू देखा परेका छन् । चिया पसलमा हाम्रा बुद्धिजीवीहरूको पार्टीभक्तिका बुद्धिपुराण सुन्दा एक वर्षमै नेपाल सिंगापुर बन्छ जस्तो लाग्छ । तर के गर्ने तिनीहरूको दुरदृष्टिहरूलाई अरुका दृष्टिले ठम्याउनै सकेका छैनन्, त्यसैले पनि यो देशको यो हबिगत भएको छ ।

तर जतिसुकै सुनुन् वा नसुनुन् यस्ता बुद्धिजीवी संगठन खोल्ने अभियान रोक्नु हुन्न । खोलिरहनुपर्छ । च्याँखे थापे पछि एक दिन त जालमा शिकार पर्छ पर्छ । त्यसैले तपाईँ पनि बुद्धिजीवी संगठन खोल्न लागिहाल्नुस् बरु संगठन खोल्न कोही पार्टनर पाउनु भएन भने म पनि बाँकी नै छु है ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x