साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अल्छीका अधिकार

अल्छीको पक्षमा आवाज उठाउनुस्, मसँगै नारा लगाउनुस् । अल्छी हुन - पाउनै पर्छ । सुतेर खान - आउनै पर्छ । हाइ काढ्न - पाउनै पर्छ । कुम्भकर्ण झैँ - निदाउनैपर्छ । अल्छी हुने - अधिकार हो । अधिकार सुनिश्चित - हुनै पर्छ । अल्छी एकता - जिन्दावाद । अल्छी विरोधी - मुर्दावाद ।

Nepal Telecom ad

मैले सानो हुँदा बुढापाकाबाट सुनेको हुँ- ‘अल्छे तिघ्रोे, स्वादे जिब्रो ।’ अरुलाई भन्दा अल्छीलाई बढी नै स्वादिलो खानपर्ने भएर नै यो टुक्का बनेको हुनुपर्छ । बूढापाकाले यो टुक्का जुन आशयले बनाएको भए पनि अब जमाना बदलगया । बदलिएको जमानामा उखान टुक्काको पनि बदलिएको व्याख्या हुनुपर्छ । बदलिएको व्याख्याअनुसार अल्छीले स्वादिष्ट खाना पाउनैपर्छ । यो अल्छीको जन्मसिद्ध अधिकार हो ।

हुन त ‘अल्छे तिघ्रोे स्वादे जिब्रो’लाई काउण्टर दिँदै कसैकसैले ‘कर्म अनुसारको फल’ भनेर अल्छीको विपक्षमा तर्क पनि नगरेका होइनन् । तर हाम्रो जस्तो जताततै अल्छी भएको देशमा ‘कर्म अनुसारको फल’ त्यति चलेन । बरु ‘भाग्यमानीको भुतै कमारो’ भनेर उपरखुट्टी लगाएर बस्नेले नै देशमा रजाइँ गरे । ‘डोकामा दुध अडिँदैन’ भन्नेहरुलाई ‘भाग्यमा भए गोरु ब्याउँछ’ जस्ता उखानले अतिक्रमण गरिसक्यो । अल्छी गरेर खानेका अगाडि काम गरेर खाने लठुवाहरुको अस्तित्व नै लोप भयो । अल्छीको महिमा इतिहासमा अपरम्पार छ ।

अल्छीको महिमा परापूर्व कालदेखि अपरम्पार भए तापनि आजकल केही आधुनिक भनाउँदाहरुले अल्छीलाई अलि हेयपूणर् व्यवहार गर्न खोजेको आभाष हुन थालेको छ । यसले मजस्तो अल्छीपक्षधरको मर्र्ममा चोट पुग्नु स्वाभाविक हो । त्यसैले म भन्छु- ‘‘खबरदार ! अल्छीको विरुद्धमा विष वमन गर्न पाइँदैन । हामी सबैले एकताबद्ध भएर अल्छीका पक्षमा जोडदार आवाज उठाउनुपर्छ ।’

आजकल सबै वर्ग, लिङ्ग, क्षेत्र, जातजाति, अल्पसंख्यक जस्ता समुदायको अधिकार सुनिश्चित हुनुपर्ने आवाज उठेको छ । सबैले आफ्ना अधिकारको दाबी गरिरहेका छन् । संविधान निर्माण गर्ने बेलामा माग्नेका अधिकार संविधानमा नै लेखिदिनु पर्यो भनेर संसद भवन वरिपरि माग्नेको समूहले नाराजुलुस गरेको तपाईँ अल्छीका विरोधिहरुलाई थाहा हुनुपर्ने होइन र ?

साँच्चै भन्ने हो भने माग्नेका भन्दा बढी त अल्छीका अधिकार सुनिश्चित हुनुपर्छ भन्ने मलाई लाग्छ । माग्नेले त मागेर पनि ज्यान पाल्छ । तर माग्न समेत अल्छी गर्नेले कसरी ज्यान पाल्छ । अनि अल्छी चाहिँ भोकभोकै मर्नु ? के तिनीहरुको बाँच्ने अधिकार छैन ?

मान्छेलाई भोकै मार्नु हुन्छ भने हुन्छ भन्नुस् । मार्नु हुन्न भने अब अल्छीका अधिकार सुनिश्चित गरौँ । अरु काम पछि गरौँला । अहिले अल्छीको संरक्षण गरौँ ।

अल्छीलाई मन नपराउने हो भने यो देशले अल्छी किन जन्मायो ? राज्यमाथि प्रश्न गरौँ । जन्माउने दोषी कि जन्मने दोषी ? अल्छी जन्माउने जाँगरिला बाबुआमालाई पो प्रश्न गर्ने कि ?

अल्छीलाई अल्छी लाग्छ त विचारा त्यो अल्छीको के दोष ? उसले कतैबाट अल्छी किनेर ल्याएर आफ्नो शरीरमा प्रत्यारोपण गरेको त होइन नि । अल्छीले न त कुनै मन्दिरमा मूर्तिको अगाडि हात जोडेर ‘मलाई अल्छी हुने बरदान दिनुस्’ भनेर नै प्रार्थना गरेको छ, न त कुनै विश्विविद्यालयमा गएर अल्छी विद्या पढेको छ । त्यसैले दोषी अल्छी होइन, अल्छी जन्माउने यो देश नै दोषी हो ।

साँच्चैँ भन्ने हो भने अल्छी जस्तो इमान्दार र निर्दोष मान्छे मैले यो ससारमा कोही देखिनँ । त्यसैले उनीहरुको अस्तित्व जोगाउनुपर्छ । यस्ता इमान्दार र निर्दोष मान्छेको अधिकार सुरक्षित गर्न अब हामीले सामूहिक अभियान नै चलाउनुपर्छ । आउनुस्, अभियानमा साथ दिनुस् । अल्छीको पक्षमा आवाज उठाउनुस्, मसँगै नारा लगाउनुस् ।

० अल्छी हुन – पाउनै पर्छ ।
० सुतेर खान – आउनै पर्छ ।
० हाइ काढ्न – पाउनै पर्छ ।
० कुम्भकर्ण झैँ – निदाउनैपर्छ ।
० अल्छी हुने – अधिकार हो ।
० अधिकार सुनिश्चित – हुनै पर्छ ।
० अल्छी एकता – जिन्दावाद ।
० अल्छी विरोधि – मुर्दावाद ।

०००
मोबाइल : ९८५१०५३१२७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x