साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल बेकार छ !!

कल्ले गरोस् दुःख स्वदेश भन्दै ! हिमाल, पाहाड, मधेस बन्दै ! बसून् यहाँ मूर्खहरू रमाई ! नेपाल बेकार छ यो मलाई !

Nepal Telecom ad

डा.रामप्रसाद ज्ञवाली

जाँदै छु साथी ! म अमेरिकामा
हो गर्व गर्दै छु बिदेसिँदा म
नेपाल त्याग्दा मनमा छ हर्ष
र दास बन्दा पनि लाग्छ गर्व !

मभित्र मेरो पहिचान छैन
स्वतन्त्र मेरो परिधान छैन
मेरो कुनै राष्ट्रिय गान छैन
“नेपाल“ भन्ने अभिमान छैन !

पाए पुग्यो खान मिठो मलाई
पाए पुग्यो गर्न ठुलो कमाइ
मिल्छन् कुरा यी जुन देश धाई
म पुग्छु नाच्दै सपना सजाई !

नेपालको भन्नु र बन्नु छैन
पाखापखेरा अब खन्नु छैन
यो देशको जागिर खाइँदैन
नेपाल नाथे अब चाहिँदैन !

बेग्लै छ साथी ! पहिचान मेरो
पैसा जहाँ पाउँछु, मार्छु फेरो
पैसाविना गौरव चाहिँदैन
स्वदेश भन्दै अब धाइँदैन ।

कल्ले गरोस् दुःख स्वदेश भन्दै !
हिमाल, पाहाड, मधेस बन्दै !
बसून् यहाँ मूर्खहरू रमाई !
नेपाल बेकार छ यो मलाई !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक कविता

आधुनिक कविता

डा. रामप्रसाद ज्ञवाली
जङ्गलको चुनाव

जङ्गलको चुनाव

डा. रामप्रसाद ज्ञवाली
दुर्जनलाई मन नपर्ने निबन्धहरू

दुर्जनलाई मन नपर्ने निबन्धहरू

डा. रामप्रसाद ज्ञवाली
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x