साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म मान्छे रहिँन

नैतिकता र इमान्दारिता भएको उसलाई तँ मान्छे नै होस् भनेर किटान गर्न मैले पनि सकिनँ । किन कि मलाई पनि समाजको दृष्टिदोषको रोगले गाँजिसकेको रहेछ ।

Nepal Telecom ad

“म मान्छे रहिँन यार ।” उसले भन्यो ।

“किन र ?” मैले भनेँ ।

“किनको त कुरै भएन नि । यो समाजले मलाई मान्छे ठानेन । बरु तँ पनि आफूलाई मान्छे हुँ भन्ने भ्रममा नपर ।” उसले मलाई भन्यो ।

“होइन तँ बहुलाउन त बहुलाइनस् ? अचम्म अचम्मको कुरा गर्न थालिछस् त ?” मैले प्रश्न गरेँ ।

“म बहुलाएको होइन यार । म साँचो कुरा भन्दै छु । यो समाजमा मान्छे बन्न सकिनँ र भविष्यमा सक्तिन पनि ।” उसले भन्यो ।

“यो के अचम्मको कुरा हो ? कारण त केही होला नि यस्तो भन्नुको ?” मैले सोधेँ ।

“कारण प्रष्ट छ । ल सुन- यो समाजले भ्रष्टाचार र कालोधन जम्मा गरेर अकुत सम्पत्ति जम्मा गर्नेलाई विद्वान् ठान्छ । यो समाज भित्रभित्र लुट, झुट र फुटको खेती गर्ने अनि बाहिर आदर्शको गफ गर्नेलाई महान मान्छ । यो समाज महिला अधिकारको खोल ओढेर बलात्कार गर्ने, सुशासनको खोल ओढेर भ्रष्टाचार गर्ने, विकासको खोल ओढेर विनास गर्ने, रक्षकको खोल ओढेर भक्षकको काम गर्नेलाई सम्मान गर्छ । म यो सब गर्न सक्तिनँ । त्यसैले यो समाजमा म मान्छे रहिँन अब ।” उसले भन्यो ।

“समाजमा सबै मान्छे त्यस्तै मात्र त छैनन् नि ? के ती चाहिँ मान्छे होइनन् र ?” मैले सोधेँ ।

“ती मान्छे हुन त खोज्छन्, तर मान्छे बन्न तिनीहरू सक्तैनन् । मान्छे बन्ने प्रयासमा म जस्तै असफल हुन्छन् तिनीहरू । भ्रष्ट, लुट, घुस, जालझेल, चोरीचकारी नगर्नेलाई कसले मान्छे गन्ने ? अनि अरुले मान्छे नमानेको मान्छे के मान्छे ?” उसले भन्यो ।

“उसको कुरालाई ध्यानमग्न भएर सोचेँ, यो समाजबाट नैतिकता र इमान्दारिता भन्ने कुरा बसाइँ सरिसकेछ ।” नैतिकता र इमान्दारिता भएको उसलाई तँ मान्छे नै होस् भनेर किटान गर्न मैले पनि सकिनँ । किन कि मलाई पनि समाजको दृष्टिदोषको रोगले गाँजिसकेको रहेछ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x