साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेल्लो प्रजातन्त्रज्यू सञ्चै ?

जनतालाई बाँच्न झन धौ धौ भा छ कसैको लागि प्रजातन्त्र फलिफाप नै भा छ भन त प्रजातन्त्र प्रजाको प्रजातन्त्र कहिले आउँछ ? के त्यो प्रजातन्त्र जनताले साच्चै भोग्न पाउँछ ?

Nepal Telecom ad

हेल्लो प्रजातन्त्रज्यू
सञ्चै ?
तिम्रो तन्त्रको मन्त्र त बुझी नसक्नु छ
प्रजा झन झन दुब्लाउदै जाने
नेता भए जति मोटाउदै जाने
नेतालाई रुघा लाग्यो भने
देश बिदेश गएर सरकारी खर्चमा उपचार गर्ने
जनतालाई भोक लाग्यो भने खाडी पुगेर मर्नुपर्ने
प्रजातन्त्र भनेपछि त प्रजाको हुनुपर्ने
तिमी त कहिले यो नेताको भयौ
कहिले त्यो नेताको भयौ
जनताको भन्दा पनि खै कसको भयौ भयौ ।

एउटा राजालाई फालेर दशौटा राजा बनायौ
प्रजातन्त्र दिवस पनि
प्रजासँग भन्दा विदेशीसित मात्र मनायौ
भन्ने बेला प्रजाकै लागि हुँ भन्यौ
तर बन्ने बेला पार्टिहरूको बन्यौ
नेता र कार्यकतालाई करोडपती बनायौ
जनतालाई कङ्गालपति बनायौ
खै यत्रो यो दिवस कसको लागि मनायौ ?

तिम्रो माइलो भाइ लोकतन्त्रले पनि त्यसै भन्यो
त्यो पनि नेताको लागि मात्र बन्यो
अर्को कान्छो भाइ गणतन्त्रको के कुरा गर्नु
त्यो अल्लारेको झन के भरोशामा पर्नु
जो धनी छ ऊ कौशी तरकारी फलाउछ
जो गरिव छ त्यो माथि
तिम्रो कान्छो भाइ गणतन्त्र डोज्जर चलाउँछ

जनतालाई बाँच्न झन धौ धौ भा छ
कसैको लागि प्रजातन्त्र फलिफाप नै भा छ
भन त प्रजातन्त्र प्रजाको प्रजातन्त्र कहिले आउँछ ?
के त्यो प्रजातन्त्र जनताले साच्चै भोग्न पाउँछ ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x