वासुदेव पाण्डेयमान्छे
शिक्षा,दीक्षा, विनय नयले झुक्दछन् नम्र मान्छे
कोदो झुक्ला तलतिर, कहाँ झुक्दछन् मूर्ख मान्छे ।
फेदी टेक्दै शिखर चुचुरा गर्वले छुन्छ मान्छे
निस्क्यो चाँडो मतलब भने फेद बिर्सन्छ मान्छे ।।
सोझो पार्छन् हरदम दुनो सोच राखेर अल्प
दोषी देख्छन् विगत दिनका प्राप्ति भेटे विकल्प ।
टेढो देख्छन् जमिन तर त्यो हुन्छ मैदान सम्म
दोषी देख्छन् वरपर सबै लाग्छ साँच्चै अचम्म ।।
अर्कालाई असहज हुने टिप्पणी गर्छ मान्छे
आफ्नो सानो मतलब भए पाउमा पर्छ मान्छे ।
गल्ती हुन्छन् पलपल यहाँ आत्मस्वीकार हुन्न
मान्छे जाला प्रवचन भए जान्न चित्कार सुन्न ।।
थोरै हुन्छन् सफल दुनियाँ कर्ममा हेलिएर
बाँकी बाककच्छन् भ्रम र द्विविधा जालमा जेलिएर ।
इन्द्रेनी झन् रङमय भई लोकको ध्यान तान्छ
छाया सर्दा अबुझ बटुवा भूत आयो कि ठान्छ ।।
कैले मान्छे बहकिन गई लाग्छ उस्तै झझल्को
डोरी देखे भ्रमित मनमा सर्पकै लाग्छ झल्को ।
हामी देख्छौकक चटक जगमा मख्ख पर्छौकक मजैलै
मान्छे आफ्नै प्रतिध्वनि सुनी तर्सने गर्छ कैले ।।
देख्छन् नौलो सरस सपना जिन्दगानीहरूले
थुन्छन् धर्ती नयनद्वयमा मात्र नानीहरूले ।
मान्छे हुन्छन् असल अथवा दुष्ट हेरेर बानी
तन्नेरी हो ! पलपल गरी घर्किएला जवानी ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































