साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

Nepal Telecom ad

शिक्षा,दीक्षा, विनय नयले झुक्दछन् नम्र मान्छे
कोदो झुक्ला तलतिर, कहाँ झुक्दछन् मूर्ख मान्छे ।
फेदी टेक्दै शिखर चुचुरा गर्वले छुन्छ मान्छे
निस्क्यो चाँडो मतलब भने फेद बिर्सन्छ मान्छे ।।

सोझो पार्छन् हरदम दुनो सोच राखेर अल्प
दोषी देख्छन् विगत दिनका प्राप्ति भेटे विकल्प ।
टेढो देख्छन् जमिन तर त्यो हुन्छ मैदान सम्म
दोषी देख्छन् वरपर सबै लाग्छ साँच्चै अचम्म ।।

अर्कालाई असहज हुने टिप्पणी गर्छ मान्छे
आफ्नो सानो मतलब भए पाउमा पर्छ मान्छे ।
गल्ती हुन्छन् पलपल यहाँ आत्मस्वीकार हुन्न
मान्छे जाला प्रवचन भए जान्न चित्कार सुन्न ।।

थोरै हुन्छन् सफल दुनियाँ कर्ममा हेलिएर
बाँकी बाककच्छन् भ्रम र द्विविधा जालमा जेलिएर ।
इन्द्रेनी झन् रङमय भई लोकको ध्यान तान्छ
छाया सर्दा अबुझ बटुवा भूत आयो कि ठान्छ ।।

कैले मान्छे बहकिन गई लाग्छ उस्तै झझल्को
डोरी देखे भ्रमित मनमा सर्पकै लाग्छ झल्को ।
हामी देख्छौकक चटक जगमा मख्ख पर्छौकक मजैलै
मान्छे आफ्नै प्रतिध्वनि सुनी तर्सने गर्छ कैले ।।

देख्छन् नौलो सरस सपना जिन्दगानीहरूले
थुन्छन् धर्ती नयनद्वयमा मात्र नानीहरूले ।
मान्छे हुन्छन् असल अथवा दुष्ट हेरेर बानी
तन्नेरी हो ! पलपल गरी घर्किएला जवानी ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x