साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशु लोकतन्त्र जिन्दावाद !

Nepal Telecom ad

पशुपति नाथको पछाडि स्लेशमान्तक पशुवनमा मनमा आएका कुरा गर्न पशु लोकतन्त्रको बिषयक गोष्ठियाँ सम्पूर्ण पशुहरू पराधिन अधिनका साथ पधारिए । बाघले भन्यो “हामी बाघ, भालु, बाँदर, स्याल, ब्वाँसो, हरिण, चित्तल, बनगाई, बनभैसी, हात्ती, जङ्ली बँदेल, खरायो, जँङली बाख्रा, दुम्सी, जंगल, ठुला ठुला रुख लहरा, पहरा छहरा, सबै हाम्रा लोकतन्त्रका संवाहक हुन् । त्यहाँभित्र, कीरा फट्याङ्ग्रा, चरा, चुरुंगी, साँप, गोमन, धामिन, अजिंगर, झारपात पनि छ्न् । आज हामी पशुहरूको ऐतिहासिक भेला पनि हो । भेलामा लोकतन्त्रको झेला बिषयक ‘पशुलोकतन्त्र’ को गोष्ठी भइरहेको छ । त्यसैले सबै पशुहरूले एकै स्वरमा भन “पशुलोकतन्त्र जिन्दाबाद !“ सबैले भने “पशुलोकतन्त्र ! जिन्दावाद !! जिन्दाबाद !! जिन्दावाद !!!

बाघले थप्यो “हामी लोकतन्त्रका सेनानी हाँै । हामीले जंगलमा लोकतन्त्र ल्याउन ठुलो बलिदान दिएका छौँ । हाम्रा बाले झन ठुलो बलीदान दिए । हाम्रो हजुरबाउको त कुरै नगर । लोकतन्त्रका सेनानी, लोकतन्त्रका नायक, लोकतन्त्रका लीडर, लोकतन्त्रका बाहक भनेकै बलियाबाङ्गा हुन्छन्, हुन् र ती पनि हामीनै हुम् । नाङ्गा भनेका त रुख हुन्, जंगल हुन् जुन जनता जनार्दन जस्ता हुन्छन् । ती जङ्गलका अगाडि जंगलराजका कानून हामीले लागु गर्दा पनि मौन हुन्छन् । लोकतन्त्रमा मौन हुनु भनेकै समझदार हुनु हो । समझदार हुनु भनेकै लोकतन्त्रको मूल्य र मान्यतामा बस्नु हो । जङ्गलकै अगाडि हामीले आफ्नो आहारा जङ्गलकै सहारा लिने प्राणिलाई गर्दा पनि ती जङ्गलहरू चुप लागेर आफ्नै स्थानमा उभिई रहन्छन् । कहिलेकाँही हावाको झोक्कामा प्वाक्क हल्लिए पनि हाम्रो सहमतमा या लोकतन्त्रको सहमतमा मुन्टो हल्लाइ हल्लाइ जंगली पात्रले सत्ता धर्मको ताली पड्काउछन् ।“

विचमा भालुले थप्यो– “यहाँ को फुसफुसाइ रहेको छ ? यहाँ कसले कानमा खासखुस गरिरहेको छ ? यस्तो भयो भने लोकतन्त्रको खिल्ली उडाएको जस्तो हुन्छ ! हामी यो हुन कदापि दिन्नौ । हाम्रो धर्म भनेकै लोकतन्त्रलाई जोगाइ राख्नु हो । हामी ताकतवर याने कि बलियाबाङ्गा जनावरहरूले लोकतन्त्रलाई जोगाउनका लागि जुनसुकै हदमा पनि उत्रन सक्छौं । हाम्रो विरोध गर्ने होइन नि मैले राम्रोसँग भनिरहेको छु फेरि…।”

भालुले पुरै भाषण गर्न नपाउँदै जङ्गली बँदेलले भन्यो– “जसरी हामीले जति खोस्रिए पनि पृथ्वी आमाले शान्त र धैर्य भएर लडी रहन्छिन् । जसरी हामीले जङ्गलमा रुख, पात, लहरा पहरामा र छहरामा जति ठोक्किए पनि दलिए पनि ऊनीहरू लोकतन्त्रको मूल्य र मान्यतामा धैर्य भएर बसेका छन् त्यसरी नै शान्त र धैर्य भएर बस्नुनै लोकतन्त्रलाई शिरोधार्य गर्नु हो ।”

जङ्गली बँदेलको भाषण पुरा हुन नपाउँदै जङ्गली हात्तीले सुँड तेर्साउँदै भन्यो– “जसरी हामीले जङ्गलमा जङ्गली राज चलाउँछौं, त्यसरी यो जङ्गली राजलाई लोकतन्त्र हो भन्ने मान्यता बोक्नु । तिमी साना साना जनावरहरू पशु पक्षी, चराचुरुङी, लहरा पहरा, छहरा, डाँडाकाँडा र जङ्गलहरू फाँड्दै र माड्दै हिँड्यौ भने पनि यो लोकतन्त्रको सक्कली रुप हो भन्ने ठान्नू । हामी शक्त्तिशाली जनावरहरूले, घाँस पात, लहरा, पहरा, छहरामा उत्पादन हुने चिजबिजहरू खाँदै हिँड्यौँ भने पनि यो लोकतन्त्रकै नियम भित्रको रित हो भन्ने ठान्नू । किनभने लोकतन्त्र भनेकै ठुला ठुला तथा शक्त्तिशाली जनावरहरूको दाइजो हो । उनीहरूले तिमीहरू जस्ता निरिह जनावरहरू तथा पशुपक्षीलाई दिएको वक्सिसनै लोकतन्त्रको प्रसाद मान्नू जसरी मानव जातिका पनि राजा महाराजाले दिएर मात्रै लोकतन्त्र जनता जनार्दनले पाउने हुन् । यहाँ पनि हामीले दिएर तिमी निरिह प्राणिले पाउने हौ । तिमीहरू निरिह प्राणीको कामै हाम्रो जय जयकार गर्ने हो । ताली बजाउने र हाम्रो डिनर, ब्रेकफास्ट, लञ्चको जिम्मा तिम्रो जीवन उत्सर्ग गर्ने हो । त्यसका लागि हाम्रा लोकतन्त्रका वाहकहरू वाघ, चितुवा, स्याल, ब्वाँसाहरू, अजिंगर लगायतका किसिम किसिमका जनवरहरू जंगली राज गर्ने पशुलोकतन्त्रका संवाहक छन् । ऊनीहरू यो लोकतन्त्रको जङ्गली मानव जातिका पुलिस, प्रसाशन, विउरोक्याट र नेताका गाडी नाकाबन्दीमा पनि जसरी हरेक दिन रबाफका साथ कानुन गाडीमा राखेर कसरी दगुर्छन् ? यो कुरोलाई तिमीहरूले कहिल्यै भुल्नु हुन्न ।”

यसरी हात्तीले बोल्दै गर्दा स्यालले चिच्याएर भन्यो– “हाम्रो जङ्गली लोकतन्त्रमा पशुलोकतन्त्र भन्ने नाममा नै कत्रो शान छ ? यहाँ दिन दहाडै साना तथा निरिह पशुहरूले प्रतिकृया गर्दैनन् । रुख लहराहरू आफ्नै तालमा नाचिरहन्छन् । चरा चुरुङ्गीहरू आफ्नै भाकामा गाइरहन्छन् । छहरा पहराहरू तथा ढुङ्गामुडाहरू आफ्नै स्थानमा अडिरहन्छन् । तब न हाम्रो लोकतन्त्रले एउटा ऐतिहांसिक समयको कालखण्डमा पनि अडिक र निर्भीक भएर उभिरहेको छ । त्यसैले जसरी मानव जातिका ठुला ठुला अफिसरका गाडी मन्त्री तथा प्रधान मन्त्री, प्रधान सेनापति, प्रधान न्यायाधीशका गाडी शहरमा लोकतन्त्रको आभाष बुझ्न मन्त्रालय तथा सरकारी अफिस र लोकतन्त्रको पोको बोकेर काम सँगै दाम फत्ते गर्न दगुर्छन् । त्यसरी नै हाम्रा बाघराजा, हात्तीराजा, ब्वाँसा, भालु अजिंगरहरूले पनि निर्धक्कसँग लोकतन्त्रको स्थायित्वका लागि जङ्गलमा मङ्गल गर्न सवार भइरहन्छन् ।”

स्यालले बोल्दाबोल्दै चितुवाले स्याललाई ध्रम्काएर “चुप लाग” भन्दै आफैं बोल्न थाल्यो र भन्यो– “हामी पशुको माझमा पशु लोकतन्त्रले एउटा ऐतिहासिक कालखण्ड पार गरेर तपाईं हाम्रो माझ नमात्तिने गरी हाम्रो मन जितिरहेको छ । जसरी मानव समुदायले पनि जनता जनार्दनलाई घरघराँ, टिभी, रेडियो साइकल, मोटर साइकल, गाडी तथा विभिन्न भुलाउने कार्यक्रम ल्याई जुवातास, सुरा सुन्दरी, रक्सी र रक्सीका भट्टी खोल्ने छुट दिएर हाम्रो रुख र जङ्गलले आकाश हेर्दै हावाको झोक्काँ प्वाक्क लाटो भएर तेर्सिएको झै मानव लोकतन्त्रले पनि सवैलाई मस्त बनाइ मनोरञ्जन ध्यानाकर्षण गरेर एक एक गरी ठुला तथा शक्त्तिशाली महाशयले घुमाइरहेकै छन् । यो त संसारकै लोकतन्त्रको नियमनै हो ! भने पनि हुन्छ । त्यसैले सबैले एकै स्वरमा भन “पशु लोकतन्त्र जिन्दावाद !” सबैले एकै स्वरमा भने “पशु लोकतन्त्र जिन्दावाद ! जिन्दावाद !! जिन्दावाद !!!”

हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
0
Would love your thoughts, please comment.x
()
x