साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुम्बिनी अडिसनमा सूर्यवंशी र दर्लामी

Nepal Telecom ad

भैरहवा, जेठ ९ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा लुम्बिनीमा आयोजित मिलिजुली डान्स कम्पिटिसन अन्तर्गत न्यु होराइजन उच्च मा.वि.का छात्र सुशील सूर्यवंशी र त्रिभुवन चिल्ड्रेन एकेडेमीकी छात्रा रियास्मा दर्लामी छानिएका छन् ।

अडिसनमा रूपन्देही र कपिलवस्तुका ३३ व्यक्ति र समूह सहभागी थिए । यस्तो अडिसन काठमाडौं, पोखरा र गोर्खापछि लुम्बिनीमा सम्पन्न गरिएको हो । अब यसपछि सिन्धुपाल्चोकमा अडिसन हुने र अन्तमा जेठ २८ गते काठमाडौंमा फाइनल अडिसन हुने कुरा नास्टका अनुसन्धाकर्ता प्रा.डा. रवीन्द्र ढकालले बताउनु भयो । फाइनलमा प्रथम हुनेलाई एक लाख, द्वितीय हुनेलाई ५० हजार पुरस्कार दिइनेछ ।

जापानी एम्बेसी र विभिन्न निकायका सहयोगमा फालिएका प्लास्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरी वैकल्पिक ऊर्जा तथा वातावरणीय प्रदूषण रोकथाम गर्ने प्रविधिको प्रचार तथा वातावरणीय सचेतनाका निमित्त नास्टले यस्तो अडिसनको आयोजना गरेको कुरा डा. ढकालले बताउनु भयो ।

कार्यक्रम लुम्बिनी बसपार्कमा आयोजना गरिएको थियो । मेसिनमा प्लास्टिक हालेर रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । अडिसनको निर्णायकमा प्रा.डा. कपिल लामिछाने, बूँद राना र जापानी नागरिक वाइ ह हुनुहुन्थ्यो ।

कार्यक्रमको समापन गर्दै विशिष्ट अतिथि कपिलवस्तुका शिक्षा अधिकारी हरिप्रसाद गौतमले यस्ता अडिसनले छात्रछात्राको प्रस्फुटन हुनुका साथै नयाँ प्रविधिको ज्ञान र वातावरणीय सचेतना अभिवृद्धि हुने बताउनु भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x