साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘मुक्तक मोहिनी’ विमोचित

Nepal Telecom ad

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको तेस्रो मुक्तक संग्रह ‘मुक्तक मोहिनी’ काठमाडौंको लौनचौर ब्याङ्क्वेटमा विमोचन गरियो ।

कृतिकारको आफ्नै जन्मदिन पारेर कोने कल्याण कोषद्वारा प्रकाशित मुक्तक संग्रहको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गर्नु भयो ।

बरिष्ठ मुक्तककार तथा नेमुप्रका सल्लाहकार रत्नशसेर थापाको सभापतित्वमा भएको समारोहमा विमोचित कृतिको समीक्षा समालोचक डा. लक्ष्मण गौतमले गर्नु भएको थियो ।

नेमुप्रका सदस्य यादव भट्टराईको सूत्रधारीमा सञ्चालित समारोहमा नेमुप्रका महासचिव रमेश पौडेलले स्वागत मन्तव्य दिँदै प्रतिष्ठानको गतिविधिमाथि प्रकाश पार्नु भएको थियो ।

कतिकार रामकाजी कोनेले आफ्नो सबैभन्दा प्रिय विधा नै मुक्तक भएकोले यसैमा लागी रहने बताउँदै समारोहको दोस्रो सत्रमा तीन दर्जन मुक्तक सुनाउनु भयो ।

सभासद्, प्रशासक, पर्यटन व्यवसायी र बैंकर्सहरूको बाक्लो उपस्थिति रहेको सो समारोहको मुक्तक वाचन सत्र निकै रोचक भएको थियो । नेपाल मुक्तक प्रतिष्ठान श्री कोनेको जन्मदिनको शुभ कामना दिँदै कृति सफलताको शुभ कामना व्यक्त गरेको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x