साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यही त झन कमाल छ

Nepal Telecom ad

इमेलमा सोध्ने साथी
के बताउँ तिमीलाई
मेरो के हाल छ
देशको के ताल छ
कहाँबाट सुरु गरुँ
यहाँ कस्तो चाल छ
तिमी गएदेखि
जनताको उस्तै हाल छ
भोका नाङ्गा भए पनि देशवासी
देश चलाउने मालामाल छ
यही त झन कमाल छ ।

राजधानी भनी के गर्नु
तिम्रो घरको अगाडि
फोहर फाल्ने आहाल छ
हामीले पढेको कलेज छेउ
नाङ्गो नाचको बबाल छ
देश हाँक्नेहरूलाई थाहा छैन रे
यही त झन कमाल छ ।

नेताको खडेरी परेको बेला
सभासद फालाफाल
जनतासँग सुको छैन
मन्त्रीको कमाई धमाल छ
बुभ्mन नसकिएको गाँठी कुरा
यही त झन कमाल छ ।

लुटी खान पाउनेहरू
सधैं राजेश हमाल छ
गरी खाने बिचरालाई
सधैँ बन्द, हडताल छ
कहिले यो अन्त हुने
सबको एउटै सवाल छ
तर कसले लिने चासो
सबको आफ्नै ताल छ
दुनो सोजो सबले पार्ने
यही त झन कमाल छ,
इमेलमा सोध्ने साथी
के बताउँ तिमीलाई
यहाँ यस्तै कुराको हाल छ ।

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x